Butwal Today

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्डविरुद्ध बलिङ गर्दै

५ फाल्गुन २०८०, शनिबार
अ+
अ-

काठमाडौं,५ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको छ । यसअघि पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। ​

नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । दुई देशबीच अहिलेसम्म तीन वटा एकदिवसीय खेल भएका छन्,जसमा नेदरल्याण्ड्सले २ तथा नेपालले एक खेल जितेका छन्।

नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै सन् २०१८ को अगस्ट १ मा खेलेको थियो । लिग २ मा ८ देश खेलिरहेका छन्, जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका छन्।

आईसीसीका अनुसार लिग २ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुने छन् भने पछाडि रहेका चार देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउने छन्।