© २०२३
बुटवल, १ फागुन । नेपालको शैक्षिक विकासमा नीजि क्षेत्रको योगदानलाई मुल्याकन गर्दै सरकारले नीजि क्षेत्रको लगानी सुरक्षित बनाउने गरि कानुन ल्याउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । अक्सफोर्ड माबिमा शैक्षिक पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम २०८० कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा क्षेत्रलाई प्रतिस्प्र्रधी बनाउने गरि विकास गर्ने नीजि क्षेत्रको विषयमा सरकार गम्भिर हुनुपर्ने सुझाव दिए ।
मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कार्यक्रममा बोल्दै नाम अनुसार नै अक्सफोर्ड शैक्षिक र अन्य सबै गतिविधिमा अब्बल रहेको बताए । नीजि क्षेत्रको लगानीमा खोलिएको विद्यालय आम अभिभावकको मन जित्नेगरि काम गर्न सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका माधव बन्जाडेले विद्यालय शैक्षिकमात्र नभई अन्य समयसापेक्ष प्रगति गरेको छ । विद्यालय रचनात्मक गतिविधिलाई जोड दिएको छ । जुन महत्वपूर्ण रहेको छ । सरकारबाट शिक्षा क्षेत्रमा आवशयकता अनुसार लगानी गर्न नसकेको भन्दै निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । शिक्षा क्षेत्रमा निजि लगानीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकार आवश्यक ब्यवस्थित गर्ने, भएका लगानीलाई सुरक्षित गर्ने विषयमा गम्भीर हुनुपर्ने उनले बताए । कानुन निर्माणको चरणमा हुदा बाटो पहिल्याउने छन । निजि क्षेत्रको शिक्षामा अभिभावकहरुको लगानी गर्न नसक्ने गुनासो चिर्न विद्यालय सफल भएको उनले बताए । यसैगरि राष्ट्रिय पाठ्यक्रमलाई आत्मसात गर्ने, शिक्षण सिकाईका अतिरिक्त अतिरिक्त क्रियाकलापकै कारण विद्यार्थीहरुमा ज्ञान विकास भएको उनले बताए ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट नतिजा ल्याएर उतिंर्ण विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका माधव बन्जाडे, विद्यालयका प्राचार्य दिनेश भुसाल, सह प्राचार्य मोहन खनाल क्षेत्रीले पुरस्कार वितरण गरेका थिए । बिद्यार्थीहरुले विभिन्न जातजाती, संस्कार, संस्कृति झल्किने भेषभुषामा सजिएर नृत्य, नाटकहरु समेत प्रस्तुत गरेका थिए ।