© २०२३
नेपालगन्ज २९ माघ । दक्षिण एसियामै पहिलो महिला समलिङ्गी (लेस्बियन) जोडीको विवाह दर्ता बर्दियामा भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।
पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल गाउँपालिका वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं –५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन् ।
स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए । ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो,’नेपालीले भने,‘समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’
विवाह दर्ताको प्रमाण पत्र लिएपश्चात नवजोडीले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर आफूले गरेको संघर्षको अनुभव सुनाउनुका साथै खुशी बाँडेकाछन् । सुप्रिताले आफ्नो सबै परिवार सहित युकेमा बस्दै आएको र कोभिडको समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत अन्जुदेवीसँग चिनजान भएर विवाह सम्म पुगेको बताएकी छिन् । विवाह अगाडी अन्जुलाई भेट्न युकेबाट तीन पटक नेपाल आएको उनले बताईन् । उनले भनिन् ‘अब श्रीमानलाई प्रक्रिया मिले केही समयकालागि आफुसँगै युके लैजान्छु नमिले पछि म पनि नेपालमै बस्छु ।’ अन्जुदेवीले एसएलसी पश्चात १८ बर्ष पुग्ने बित्तिक्कै विवाहकालागि केटाहरु घरमा माग्न आउन थालेपछि घर छोडर परिवारबाट टाढा बस्नुपरेको अनुभव सुनाईन् । उनले भनिन्, म छोरी भएर जन्मिए पनि केटी मान्छेलाई नै मन पर्दथ्यो, केटासँग विवाह गर्ने बरे कल्पाना समेत गर्दैनथें ।’
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई विवाहको दर्ताको प्रमाण पत्र प्राप्त गर्ने दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी भनेका छन् । ३३ वर्षीया दीप्ति श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए । पन्तले पत्रकार सम्मेलनमा भने –‘नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको रूपमा औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन् । ’ यो सहित नेपालमा यौनिक तथा अल्पसंख्यक समुदायबाट तीन जोडीले विवाह दर्ताको प्रमाण पत्र प्राप्त गरेको पन्तले बताए । यस अघि कैलालीको कैलारी गाउँपालिका कार्यालयले पुस ६ गते जन्मँदा छोरी अहिले छोराको गेटअपमा रहेका तेस्रोलिंगी पुरुष (टम ब्वाई) प्रकाशबाबु चौधरी र जन्मँदा छोरा अहिले छोरीको गेटअपमा रहेका तेस्रोलिंगी महिला मनिला न्यौपानेको विवाह दर्ता गरेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी