ट्रेंडिंग:

>> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य

भ्रष्टाचारीलाई कडा दण्ड दिनुपर्छ —प्रदेश प्रमुख शेरचन

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल, २८ माघ । बुटवलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवश मनाइएको छ । आयोगको बुटवलस्थित प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार मुलुकको सबैभन्दा ठुलो शत्रु भएको बताएका छन् ।
मुलुक संघियतामा प्रबेश गरेको लामो समयसम्म सरकार र कर्मचारीमा केन्द्रिकृत मानसिकता कायमै रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारी कडा भन्दा कडा दण्ड सजायको ब्यबस्था गरेमा मात्र नियन्त्रण हुने तर्क गरेका थिए । भ्रष्टाचार, अनियमिता र दण्डहिनताको अन्त्यका साथै पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि तिनै तहका सरकार र कर्मचारीतन्त्रबिच सहकार्य आवश्यक रहेको समेत बताए । प्रमुख शेरचनले भने—जनप्रतिनिधी र कर्मचारीतन्त्रमा निति राम्रो भएर मात्रै पुग्दैन नियत पनि राम्रो हुनुपर्छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकारले नयाँ कार्यनिति अघि सारेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । जनप्रतिनिधीहरु र कर्मचारीमा निश्पक्षता, निर्भिकता र सदाचार अनिवार्य आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री चौधरीले भ्रष्टाचार गर्नेहरु मुलुकको समृद्धिका प्रमुख बाधक समेत रहेको उल्लेख गरेका छन् ।

यसैगरि कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रशासनिक र बित्तिय संरचनाबिच समन्वय नहुदा भ्रष्टाचार, अनियमिता र आर्थिक अराजकता मौलाएको दावी गर्दै जनप्रतिनिधी र कर्मचारीमा नियत सफा हुनु आवश्यक रहेको धारणा राखेका थिए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनका पक्षमा लाग्नु पर्ने धारणा राखे ।

बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डेले स्थानिय तहलाई अधिकार सम्पन्न र आर्थिक रुपले बलियो बनाएमा भ्रष्टाचार नियन्त्रण हुने बताए । कार्यक्रममा अख्तियारका बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले चालु आर्थिक वर्षको माघ मध्यसम्ममा बुटवल कार्यालयमा १ हजार ३ सय ६५ उजुरी परेकोमा ५ सय ८४ फछ्र्यौट भएको जानकारी गराएका थिए । प्रमुख पौडेलले विस्तृत अनुसन्धानमा १ सय ३ रहेकोमा ४१ वटा फछ्र्यौट भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?