ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

खेलले ‘ख्याती ममता’

उनको पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा भने सन् २०१९ जनवरी १ देखि ४ गते सम्म सम्पन्न प्रथम एभरेष्ट नेशनल ओपन तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगिता हो । उक्त प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरि स्वर्ण जितेकी थिईन ।
२३ माघ २०८०, मंगलवार
२३ माघ २०८०, मंगलवार

माघ, २३ रोल्पा । रोल्पा नगरपालिका २ की ममता रिजाललाई सानो छँदा तेक्वान्डो सिक्न रहर लाग्थ्यो । अग्रजहरूले तेक्वान्डो खेलेको देखेर उनी पनि त्यस्तै बन्न चाहान्थिन । घरमा भने उनलाई तेक्वान्डो सिक्न सहज अनुमति थिएन । उनी अरू नै काममा जाने भनेर घरबाट लुकी लुकी तेक्वान्डो सिक्न जान्थिन । उनको घर नजिकै तेक्वान्डो संघ रोल्पाले तोक्वान्डो सिकाउने गथ्र्यो ।

२०७५ सालमा रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गरेको संझना छ उनलाई । पहिलो पटक प्रतिस्पर्धा गर्दा उनको उमेर १२ वर्षको थियो । उनले महिला ४५ केजी भन्दा कम तौल समूहमा उनी प्रतिस्पर्धी भईन । धेरै खेलाडीसँग प्रतिस्पर्धा गरेकी उनी सो प्रतियोगितामा प्रथम भईन । पहिलो पटक खेलेको खेलमा नै स्वर्ण पदक जित्दा पाएको खुसी अहिले अभिव्यक्त गर्न सक्तिन ममताले भनिन । सो प्रतियोगितामा ममताले स्वर्ण पदक मात्रै हात पारिनन मेयर कप प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत घोषित भईन । पहिलो पटक सहभागी भएको प्रतियोगितामा नसोचेकै उपलव्धी हासिल भएपछि भने ममतालाई पछाडि फर्कनु परेको छैन । त्यस पछि उनले जिल्लास्तर प्रदेश हुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गरि दर्जनौ स्वर्ण पदक जितिसकेकी छिन ।

उनको पहिलो राष्ट्रिय स्तरको प्रतिस्पर्धा भने सन २०१९ जनवरी १ देखि ४ गते सम्म सम्पन्न प्रथम एभरेष्ट नेशनल ओपन तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगता हो । उक्त प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरि स्वर्ण जितेकी थिईन ।

यसै गरि अन्तर्राष्ट्रिय प्रतियोगितको पहिलो अनुभव भने २०२१ को नोभेम्वर २७ देखि २८ सम्म भारतमा संचालित ईन्डो नेपाल ईन्टरनेशनल तेक्वाण्डो च्याम्पिनसीप प्रतियोगिता हो । उक्त प्रतियोगितामा उनले ५५ देखि ५९ केजी तौल समूह तर्फ प्रतिस्पर्धा गरेकी थिईन । उक्त प्रतियोगितामा उनी प्रथम भई स्वर्ण पदक हात पारेकी थिईन ।

राष्टिय खेलकुद परिषदले २०७२ चैत्र २ गते संचालन गरेको आठौ राष्टिय खेलकुद प्रतियोगिता प्रतियोगितामा महिला ५३ किलो तौल समूहमा उनी प्रथम भईन । सोही प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी समेत घोषित भएकी थिईन ।
सन् २०१९ को अगस्त २५ देखि २८ सम्म सम्म संचालन भएको नवौ कोरिया एम्वेस्टर नेशनल तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगितामा अन्डर ५७ किलो समूह समूहमा भने उनले तेश्रो स्थान हासिल गरेकी थिईन । तयारी कम हुँदा उक्त प्रतियोगितामा तेश्रो भएको थिए ममताले भनिन ।
सन् २०२३ को सेप्टेम्वर १३ देखी १७ सम्म भएको एघारौ कोरियन एम्वेस्टर नेशनल तेक्वाण्डो च्याम्पियनसीप अण्डर ६३ समूहमा भने उनी प्रथम भई स्वर्ण पदक हात पारेकी थिईन ।

उनले २०८० मंसिर १४ देखि १७ गतेसम्म संचालन भएको दोस्रो राष्टिय तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगितामा जुनियर महिला ६३ केजी भन्दा कमतौल समूहमा प्रथम स्थान हासिल गरि स्वर्ण जितेकी थिईन । सो प्रतियोगितामा उनी अल्फा तेक्याण्डोवाट सहभागी भएकी थिईन ।
२०८० चैत्र १८ देखि १९ गतेसम्म संचालन भएको १७ औं नेशलन तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगितामा अन्डर ६३ समूहमा प्रथम भई स्वर्ण जितेकी थिईन । सन् २०२३ डिसेम्वर २३ र २४ मा सम्पन्न प्रथम एभरेष्ट नेशनल ओपन तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगितामा समेत ६२ केजी भन्दा कम चौत समूहमा प्रथम भएर स्वर्ण जितेकी थिईन ।

२०१९ जुन २१ देखि २२ सम्म नेपाल तेक्वाण्डो संघ ३ नम्वर प्रदेशले आयोजना गरेको नेशनल तेक्वाण्डो च्याम्पियनसीप प्रतियोगितामा ५३ केजी भन्दा क मतौल समूहमा प्रथम भई स्वर्ण जितेकी थिईन । उनले नेपाल खेलकुद महासंघ समाजवादीले २०८० असोज २० र २१ गते आयोजना गरेको नेकोस खेलकुद महोत्सवमा महिला ६२ केजी मुनी तौल समूहमा प्रथम स्थान हासिल गरि स्वर्ण पदक प्राप्त गरेकी थिईन ।

हाल दाङको पद्योदय पव्लीक माविवाट प्लस टु सकेकी ममता स्नातक तहको पढाइको तयारीमा छिन । पढाई र खेललाई संगासंगै अघि वढाईरहेकी ममता खेल क्षेत्रवाट अघि वढ्न चाहान्छिन । खेल मेरो रुचीको क्षेत्र भएकाले यसैवाट क्यारिएर अघि बढाउन चाहान्छु ममताले भनिन । खेल क्षेत्रमै काम गर्ने गरि नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा काम गर्न चाहान्छु उनले भनिन । सरकारी सेवा प्रवेशका लागी तयारी गरिरहेको छु ममताले भनिन ।

उनी आफू मात्र हैन भाई मनोज रिजाललाई समेत खेल क्षेत्रमा लगाएकी छिन । मनोजले पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाएर विभिन्न पदक हात पारेको ममताको भनाई छ । खेल क्षेत्रमा प्रवेश गरेको सुरुको चरणमा परिवारवाट खासै अनुमती थिएन, पछि खेल क्षेत्रमा सफलता हासिल गर्दै जाँदा अहिले भने एथेष्ट सहयोग पाएको छु ममताले भनिन ।

खेल खेलेर देशको नाम उच्च राख्ने खेलाडीलाई राज्यले सम्मान गर्न नसकेको उनको वुझाई छ, जीवनभर देशका लागी खेल खेल्यो राज्य भने खेलाडीको भनिष्यका वारेमा खासै लगिपरेको पाउदैन ममताले भनिन । विद्यालयको पढाई जतिकै खेल क्षेत्रलाई पनि सरकारले महत्व दिनु पर्छ, हरेक विद्यालयमा खेल प्रशिक्षक नियुक्त गरेर विद्यालय स्तरवाटै खेल क्षेत्रको प्रवद्र्धन गर्नु पर्छ ममताले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?