© २०२३
बुटवल, २२ माघ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले संघिय सरकार नै प्राकृतिक स्रोत साधनको उपयोगमा उदासिन भएको बताएका छन् । उनले राष्ट्रिय रुपमा नै स्वदेशमा उपलब्धि स्रोत र साधनको निर्यात गर्ने गरि संघिय ऐन नै आउनुपर्ने बताएका हुन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोग बुटवलमा बुझाएको प्रतिबेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले सरकार नै आयोगका प्रतिबेदन बुझाउने औपचारीकता मात्रै रहेको बताएका थिए । उनले प्रदेशमा संसदीय समिति गठन गरेर प्रतिबेदनमाथि छलफल गर्नुपर्नेमा जोड दिए । प्रदेशमा राजश्व वाडफाडमा कमि कमजोरी र ढिलाई गर्न नहुने बताएका थिए ।
राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलले प्रतिबेदन प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहका बिचमा राजश्व बाडफाँड, उपयोग लगायतका बिषयमा कमि कमजोरी भएको बताएका थिए ।