ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

चिसोले जनजिवन प्रभावित, बिद्यालयहरु बन्द

७ माघ २०८०, आईतवार
७ माघ २०८०, आईतवार

बुटवल, ७ माघ । शितलहर र अत्यधिक चिसो बढेसंगै रुपन्देहीमा जनजिवन प्रभावित भएको छ । योसंगै अधिकाश पालिकाहरुले विद्यालयमा जाडो बिदा दिने निर्णय गरेका छन । चिसो र शितलहरबाट बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएका छन भने अस्पतालहरुमा रुघाखोंकी, दम तथा निमोनियाका बिरामीहरु संख्यामा बृद्धि भएको छ ।

शितलहर र चिसो अत्यधिक बढेपछि रुपन्देहीका अधिकांश स्थानिय तहले विद्यालयमा जाडो विदा दिएका छन । चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने संभावनालाई मध्यनजर गरी माघ ७ देखि १२ गतेसम्म विद्यालयमा जाडो विदा दिने निर्णय गरेका छन । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले माघ ७ देखि ९ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । उपमहानगर भित्रका ३४ सामुदायिक, ५९ वटा संस्थागत, ५ धार्मिक र ९ वटा मन्टेश्वरी सहित सबै विद्यालयमा विदा दिइएको खनालले बताए । बुटवलमा पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म ६७ हजार २ सय ५६ जना विद्यार्थीहरु छन् ।

यसैगरि तिलोत्तमा नगरपालिकाले माघ ७ देखि १० गतेसम्म विद्यालयमा जाडो विदा दिएको छ । चिसोबाट नगरबासीलाई राहत दिने गरि नगरमा आगो ताप्नका लागि ठाउँ–ठाउँमा दाउरा पुराउने काम भएको तिलोत्तमा नगरका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले बताए । देवदहको साझेदारी वनबाट दाउरा खरिद गरी जनतालाई चिसोबाट बचाउन दाउरा वितरण गरिएको संयोजक श्रीले बताए । नगरका योगीकुटी, मणिग्राम चोक, चार नम्बर, ड्राइभरटोल, नयाँ मिल, शंखरपुरा, भलवारी, मगलापुर, पत्थर डाँडा, मधौलिया लगायतका चोकहरुमा दाउरा वितरण गरिएको छ । प्रत्येक वडा तथा सार्वजनिक स्थलहरुमा क्रमशः दाउरा वितरण हुने बताइएको छ ।

यता सैनामैना नगरपालिकाले पनि माघ ७ गतेदेखि १० गतेसम्म बिद्यालयहरु बन्द गर्ने निर्णय भएको नगर प्रमुख फणेन्द्र शर्माले बताए । नगरबासीहरुलाई चिसोबाट बचाउन बिद्यालय बन्द गर्नुका साथै चोक चोकमा दाउरा बिरण गरिएको उनले बताए ।

उता सिद्धार्थनगर नगरपालिकाले सबैभन्दा लामोसमय माघ ७ देखि १२ गतेसम्म बिद्यालय बिदा गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले पनि माघ ८ गतेदेखि १२ गतेसम्म बिद्यालय बिदा दिएको छ । देवदह नगरपालिकाले ८ देखि १० गतेसम्म बिद्यालय बिदा दिएको छ । चिसोबाट पर्ने असरबाट सम्पुर्ण बिद्यार्थी र नगरबासीलाई जोगाउन बिद्यालय बिदा गर्नुका साथै चोकचोकमा आगो ताप्ने ब्यबस्था मिलाउन दाउरा बितरण गरिएको नगरप्रमुख ध्रुव खरेलले बताए । जिल्लाका अन्य पालिकाले पनि चिसो बढेपछि केही दिनका लागि विद्यालय बन्द गर्न आह्वान गरेका छन् ।

चिसो बढेसँगै जनजीवन प्रभावित भएको र बालबालिका तथा वृद्धवृद्धालाई जोखिम हुने हुने सचेतना अपनाउन सबै स्थानिय तहहरुले आग्रह गरेका छन । यसैबीच अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अत्यधिक जाडो बढेकाले जिल्लाका सबै स्थानिय तहले समन्वय गरी जाडो बिदा दिने व्यवस्था मिलाउन माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?