© २०२३
बुटवल,५ माघ । लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन्। केसी नियुक्त भएपछि आयोगले पूर्णता पाएको छ।
उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा। नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसकेका थिए।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई याजेना आयोगको सदस्यमा नियुक्त गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए।
यस्तै, बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संसोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्य गरेको छ। समयानुकूल गराउन कार्यविधि संशोधन गरिएको पाण्डेयले बताए।