© २०२३
बुटवल, २९ भदौ । लमही देखि २३ किलोमिटर पश्चिममा रिहार धाम धार्मिक तथा पर्यटकिय गन्तव्य हो । धार्मिक तथा ऐतिहासिक महŒव बोकेको रिहार वगार वावा आफैमा महत्वपूर्ण स्थल हो । सरकारको १ सय पर्यटकिय गन्तव्य क्षेत्रको छनौटमा रिहार बगार वावाधाम परेको छ । उक्त धार्मिक क्षेत्र झण्डै १ हजार क्षेत्रमा फैलिएको छ ।
चुरेको काँखमा पूर्व पश्चिम राजमार्गमा अवस्थित सो क्षेत्रको धार्मिक तथा पर्यटकिय रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । रिहार धामको महत्वलाई वुझेर प्रत्येक वर्ष माघे संक्रान्तीको वेलामा मेला लाग्ने गर्दछन । सो क्षेत्रमा रहेको तप्पतकुण्डमा नुहाउँदा छालाका चर्मरोग सन्चो हुने तथा त्यहाँ रहेका मन्दीरमा भाक्कल गरे सवै मनोकामना पुरा हुने किम्मदन्ती रहेको छ । सोही धार्मिक महत्वलाई वुझेर छिमेकी देश भारतकाबाट तिर्थालु आउने गर्दछ । यस वर्ष पनि माघे संक्रान्ति नजिकिदै गर्दा श्रर्दालु आउने क्रम सुरु भएको छ । रिहार बगार वावाको पूजा आजा गर्दै बर माग्ने प्रचलन हजारौ वर्षदेखि चल्दै आएको छ । बगार वावा धाममा मामी सौरी र भैरे पशुको मन्दीर देखि शिव, गणेश, भैरव लगायतका देवी देवताका मन्दीर रहेका छन । यहाँको थप आर्कशण मामी सौरी र भैरे पशु मन्दीर हो । ती मन्दीरहरूमा श्रद्धालुको भिड लाग्ने गर्दछ । यिनीहरूको पूजा अर्चना गरि भाक्कल माग्दा सवै मनोकामना पुरा हुने श्रद्धालुहरू बताउँछन । खास गरेर सन्तान नभएकाहरूलाई सन्तान प्राप्त तथा पशुहरूलाई समेत राम्रो हुने मान्यता रहँदै आएको छ ।
यहाँ भारत उत्तर प्रदेशका ५ जिल्ला गौडा, वहराँइच, तुलशीपुर लगायत दाङ, कपिलवस्तु, कैलाली वाँकेबाट श्रद्धालु आउने गर्दछन ।
यादव र थारु जाती पूजारी रहने मामी सौरी, भैरे पशु वराह, देवी, शिव गणेश लगायतका देवी देवताको पूजा गरिन्छ । त्यसै गरि तप्तकुण्ड, सुर्यकुण्ड रहेका छन । श्रर्दालुहरू तप्तकण्डमा नुहाएर आफ्नो मनोकामना भाक्कल माग्ने गर्दछन । अवधी तथा थारु संस्कृत विद अनुराग यादवका अनुसार पहिला तप्तकुण्डको पानी निक्कै तातो हुने चामल कपडामा पोको पारी कुण्डमा राख्दा पाक्ने गरेको वताउछन । जलवायु परिर्वतनसंग यहाँको पानीमा पनि परिर्वतन आउन थालेको यादव वताउछन । तप्तकुण्ड नजिकै नुन थाले समेत रहेको छ ।
सो नुन थलोमा आफ्ना पुर्वजहरूले पशुलाई नुन खुवाउन ल्याउने गरेको स्मरण गर्दछन यादव । सो धार्मिक स्थलमा माघेशकान्तीसंगै एक हप्ता मेला लाग्ने गर्दछ । धार्मिक श्रद्धालु बढन थालेपछि रिहार बगार वावा संरक्षणमा स्थानीय सरकारले केही लगानी गरेको छ । सार्वजनिक सौचालय धर्मशाला लयातका संरचना निर्माणमा लमही नगरपालिकाले सहयोग गरेको संमरक्षण समितिले जनाएको छ । मेलालाई व्यवस्थीत गर्दै आएको संरक्षण समितिका अध्यक्ष सुरज केसी वताउँछन । आन्तरिक तथा बाह्र पर्यटकहरूको बाक्लो सहभागिता रहँदै आएको र सरकारको १ सय पर्यटकिय गन्तब्यमा परे पनि रिहार वगार वावाको खासै चर्चा भने भएको पाइँदैन ।