ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

बुद्धवल्लीमा विचरण गर्दा ……

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

बुद्धवल्ली (बुद्धले विचरण गरेको स्थल) अर्थात बुटवलमा यायावरको रूपमा बसोबास गरेको झण्डै तीन दशक भयो । यहाँ बसेर पत्रकारीता र समाज सेवामा सक्रिय रहेको पनि झण्डै तीन दशक नै भयो । यसअघि गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बस्दा पनि कलेज अध्ययनका अतिरिक्त लेखन र रेडक्रस एवं विद्यार्थी राजनीतिको माध्यमबाट समाजसेवामा सक्रिय थिएँ । मेरो पहिलो अखवारी लेख २०४७ सालमा बुटवलबाट प्रकाशित चौतारी दैनिकमा नेकपाको एक घटकका महासचिव एवं तत्कालिन समयमा नेकपाका सर्वाधिक चर्चित श्रद्धेय नेता मदन भण्डारीलाई खुलापत्र शिर्षकमा प्रकाशित भएको थियो । नेपाली काँङ्ग्रेस समर्थित नेपाल विद्यार्थी सङ्घको एक सक्रिय कार्यकर्ताको दृष्टिकोणबाट लेखिएको सो खुलापत्र चौतारी दैनिकले महत्वका साथ प्रकाशित गरेको थियो । अहिले परिपक्व उमेरमा चौतारी दैनिकको सो अङ्क खोजेर पढ्न मन लाग्छ, तर भेट्याउन मुस्किल प¥यो । चौतारी दैनिक एक समय साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका नेपाली काँङ्ग्रेस समर्थक अर्थात प्रजातन्त्रवादीहरूका भाषण, कार्यक्रम एवं विचार प्रकाशित गर्ने प्रजातान्त्रीक धारको अखवारको रूपमा चर्चित र प्रतिष्ठित थियो । दुःखको कुरा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएको यो अखबार हाल बन्द छ । रेसुङ्गा क्याम्पसको मुखपत्र विद्या पत्रिकामा पनि मेरो लेख प्रकाशित भएका छन्, वि.सं. ४० को दशकमा । यसरी लेखन कार्यमा मेरो संलग्नता टिनएजमै हो । मेरो राजनीतिमा संलग्नता २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा साथीहरूको बाल समूह बनाई प्रदर्शन गरेर भएको हो । अन्जानमा प्रयोग भएर राजनीतिमा जोडिएको हो म । दलहरूमाथि प्रतिबन्धीत काल २०४२ सालमा कक्षा ८ मा पढ्दा १४ वर्षको उमेरमा नयाँगाउँ मावि नयाँगाउँ गुल्मीको नेपाल विद्यार्थी सङ्घको इकाइ समिति सचिव भएपछि सक्रिय राजनीतिमा जोडिएको थिएँ । नगर एवं जिल्ला तहको राजनीति, रेडक्रस, विभिन्न सामाजिक, धार्मिक एवं शैक्षिक सङ्घ संस्थामा संलग्नता, अल्पकालिन अस्थायी (६ महिना अवधिको) गाउँ विकास समिति (गाविस) सचिवको रूपमा सरकारी कर्मचारी, मानव अधिकारकर्मी र राष्ट्रिय मुलधारका मिडियामा सक्रिय पत्रकारितामा काम गर्दा मैले नेपालको नीतिगत तह (राजनीति), कार्यान्वयन तह (कर्मचारी तन्त्र) र नागरिक (जनता) तहलाई नजिकबाट स्पर्श र अनुभव गरेको छु । २०४६ सालको जनआन्दोलन–१ र २०६२÷०६३ को जनआन्दोलन–२ को सक्रिय कार्यकर्ता पनि हो म । दोस्रो जनआन्दोलनको घाइते पत्रकार समेत हो । मुलुकका यि दुबै ठूला परिवर्तनमा सक्रिय कार्यकर्ताको रूपमा मैले दुबै परिवर्तनलाई नजिकबाट अनुभव गरेको छु । यसरी नेपालको राजनीति, उद्योग व्यापार, कर्मचारीतन्त्र, मानव अधिकार, सञ्चार, शिक्षा र सामाजिक क्षेत्र एवं सबै पेशा व्यवसायकर्मीहरूलाई नजिकबाट स्पर्श एवं अनुभव गरेको छु । सक्रिय पत्रकार र सामाजिक कार्यकर्ताको रूपमा आवाजविहीनहरूका घरदैलो र आवाज सुन्नुपर्ने निकायहरूमा समेत पुगेर राज्य संयन्त्रको सेवा प्रवाहको स्थितिलाई नजिकबाट स्पर्श गरेको छु । नेपाली काँङ्ग्रेसका संस्थापक नेता एवं नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको “ठूलो होइन असल मानिस बन” भन्ने भनाई र जनरल रणबीर सिंह थापाको “सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ तर झण्डा मुनी बस दरबार नपस” भन्ने भनाइबाट म प्रभावित रहेँ । यि दुबै भनाइले मेरो अन्तरमनमा द्वन्द्व गराइरहे । न दरबार पस्न सकेँ न त ठूलो मान्छे बन्न सकेँ । नेपाली काँङ्ग्रेसको दरबार पस्न मलाई सहज थियो । दलमाथि प्रतिबन्धित काल २०४५ सालमा काँङ्ग्रेसका शक्तिशाली र प्रभावशाली नेता गिरीजाप्रसाद कोइराला गुल्मी सदरमुकाम तम्घास पुग्दा हामी उहाँको श्रोता र सुरक्षाकर्मी थियौं । हामीमध्येका एक मित्र महेन्द्र मरासिनी बहुदलीय व्यवस्था स्थापनापछि नेपाल प्रहरीमा प्रवेश गरी गिरिजाप्रसाद कोइरालाको आजीवन अङ्गरक्षक (पिएसओ) बने ।

नेपाल विकसित किन हुन सकेन ? मुलुकमा २००७, २०४६ र २०६२÷०६३ गरी तीनवटा ठूला राजनीतिक “क्रान्ति” भए । प्रजातान्त्रीक आन्दोलनले ८ दशक नाघी सक्यो । तर मुलुकले विकास र समृद्धि हासिल गर्न किन सकेन ? व्यवस्था परिवर्तनसँगै सो व्यवस्था प्राप्तिकालागि लडेका नेता कार्यकर्ता र कर्मचारीहरू रातारात धनी बने । तर मुलुक र पछाडी पारिएका आवाजविहीन नागरिकहरूको अवस्था किन फेरिएन ? यो आज गहन छलफलको पेचिलो विषय बनेको छ । व्यवस्था फेरिए तर मुलुकको अवस्था फेरिएन, किन ? आज यो बहसको विषय बनेको छ र बन्नुपर्छ । मैले माथि व्यक्तिगत अनुभवको पृष्ठभूमि उल्लेख गर्नुको कारण मुलुकका दुइटा ठूला राजनीतिक क्रान्तिमा एक सक्रिय कार्यकर्ताको यस विषयमा अनुभव अनुभूति व्यक्त गर्ने उद्देश्य हो । मेरो अनुभवको आधारमा म स्पष्टसँग भन्न सक्छु – २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका नेपाली काँङ्ग्रेस र संयुक्त बाममोर्चा दुबै परिवर्तनकारी शक्तिसँग व्यवस्था परिवर्तनको सोँच र आन्दोलनको कार्यक्रम रहेछ तर सत्ता प्राप्तिपछि मुलुकको विकासको लागि ठोस योजना र कार्यक्रम रहेनछ । ०४६ मा व्यवस्था परिवर्तनपछि नेपाली काँङ्ग्रेसका नेताहरूले विशेश्वरप्रसाद कोइरालाको समाजवादको रूपमा सिंहदरबारमा र राष्ट्रिय योजना आयोगमा हलो जोतीरहेको एक गरिव किसानको फोटो झुण्ड्याएर विकासका योजना बनाउने र हरेक नेपालीको एउटा झुपडी र एक हल गोरु होउन् एवम् बालबच्चाहरू स्कुल जान पाउन् भन्ने गरी विकास योजना बनाउने भन्दै भाषण गरिरहे । संयुक्त बाममोर्चाका नेताहरूले हरेक नेपालीलाई गास, बास, कपासको व्यवस्था मिलाउने भन्दै भाषण गरिरहे । तर, भनाई र गराइमा एकरूपता देखिएन । मुलुकमा समयले माग गरे बमोजिमका काम सडक, विद्यालय, सञ्चार आदि पूर्वाधार विकासका स–साना काम बाहेक व्यवस्था परिवर्तनका समयमा देखाइएका सपना बमोजिम आमूल परिवर्तनका काम देखिएनन् । आमूल परिवर्तन त नेताहरूको आर्थिक अवस्थामा मात्र भयो । २००६ सालदेखि मुलुकमा प्रजातान्त्रीक व्यवस्थाको माध्यमबाट विकासको मूल फुटाउने भन्दै आएको नेपाली काँङ्ग्रेस र नेकपाका केही घटकबाट मुलुकमा विकास र आमूल परिवर्तन नहुने भन्दै २०५२ साल फागुन १ गतेबाट नेकपाको एक घटक माओवादीले जनयुद्धको नाममा सशस्त्र विद्रोह ग¥यो । एकदशक लामो चलेको सशस्त्र द्वन्द्व, जसमा बेपत्ता समेत गरी १७ हजार बढी मानिस मारिए । हजारौं मानिस अङ्गभङ्ग भए । हजारौं मानिस विस्थापित भए । मुलुक अस्तव्यस्त बन्यो । दुःखको कुरा यो विद्रोही शक्तिसँग पनि विद्रोह र लडाईको कार्यक्रम देखियो, अनुभव गरियो तर सत्ता प्राप्तीपछि मुलुकलाई विकसित बनाउने ठोस योजना र कार्यक्रम भएको देखिएन, पाइएन । पछाडी पारिएको वर्गलाई सत्तामा स्थापित गर्ने राजनीतिक कार्यक्रम यो शक्तिसँग देखियो तर मुलुकको समग्र आर्थिक र सामाजिक सुधार एवं विकासकोलागि ठोस कार्यक्रम यो शक्तिले पनि आफू सत्तामा पुगेपछि लागू गर्न सकेन । यो शक्ति सत्तामा पुगेको झण्डै दुई दशक पुग्न लाग्यो, तर जनता र देशलाई विकासकालागि सन्तुष्ट र विश्वस्त तुल्याउन सकेको छैन । २०४६ को परिवर्तनपछि मुलुकमा विकासको मूल फुट्ने अपेक्षा थियो, तर जनअपेक्षा अझै पूरा हुन सकेको छैन । त्यसकारण जनतामा व्यापक निरासा छ । आक्रोश छ । राज्यले नागरिकलाई विश्वास दिलाउन सकिरहेको छैन । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र सञ्चार जगत चारवटै अङ्गप्रति नागरिकहरू पूर्ण विश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले पछिल्लो पिँढीको पढेलेखेको सुशिक्षित युवा पुस्ता वैदेशिक रोजगारीमा पलायन भईरहेको छ । नागरिकहरू देशबाट बाहिरिने क्रम बढ्दो छ । जबसम्म राज्यले नागरिकहरूलाई सेवा प्रवाहमा विश्वस्त तुल्याउन सक्दैन तबसम्म यो क्रम चलिरहन्छ ।

२०४६ पछि मुलुकमा भ्रष्टाचार निकै बढेको हो । २०४६ अघिको पञ्चायती व्यवस्थामा भ्रष्टाचार नभएको भन्ने होइन । पञ्चायतीकालमा राजदरबारमा बलियो पहुँच भएका सिमित पदाधिकारीले मात्र राजासँग डराई डराइकन देश लुटेका थिए । बहुदलपछि भ्रष्टाचारले राजनीतिक संरक्षण पायो र संस्थागत रूप लियो । आ–आफ्ना दलका कार्यकर्तालाई सत्ताले जुनसुकै अपराध गर्न छुट दियो, फलस्वरूप सुशासन बहाली हुन सकेन । दण्डहीनता बढ्यो । यसले मुलुकलाई खोक्रो बनायो । ०४६ पछि राजनीति र सरकारी नोकरीमा एक समय मानिसहरूको निकै आकर्षण बढ्यो । कारण हो, भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोड्न सकिने, पाइने भएकाले । यस अघिसम्म उत्तम खेती, मध्यम व्यापार, निच नोकरी मानिन्थ्यो । ०४६ पछि उत्तम नोकरी, मध्यम व्यापार र निच खेती भयो । भ्रष्टाचारबाट सम्पत्ति आर्जन गर्न छुट भएपछि नोकरी उत्तम मानियो । ०४६ पछि गठन भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छिटफुट रूपमा भ्रष्टाचारीहरूमाथि कार्वाहीको डण्डा चलाएपनि यो प्रभावकारी र परिणाममूखी छैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोग राजनीतिक हस्तक्षेपका कारण संवैधानिक अङ्ग बन्न नसकेको र यसले दायर गरेका मुद्दा विशेष र सर्वोच्च अदालतले हराई दिने गरेकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम परिणाममुखी बन्न नसकेको हो ।

चर्को दलीयकरणले मुलुकको सबै पेशा व्यवसाय बाँडिएको छ, भाँडिएको छ । सरकारी कर्मचारी, शिक्षक, न्यायाधिश, वकिल, पत्रकार, उद्योगी, व्यापारी, सबै पेशा व्यवसायका मानिसहरू एउटा एउटा राजनीतिक दलका क्रियाशिल सदस्य छन् । यिनले आफ्नो नीजि स्वार्थ पूरा नभए तत्काल दल परिवर्तन गरिहाल्न बेर लगाउँदैनन् । दलभित्र पनि व्यक्ति विशेषका नीजि स्वार्थ र सत्ताका गुट उपगुट क्रियाशिल छन् । आम निर्वाचन वा स्थानिय निकायको निर्वाचनको बेला उम्मेदवार बनेका नेताहरूलाई भन्दा सरकारी कर्मचारी, शिक्षक, पत्रकार, वकिल, न्यायाधिश, उद्योगी, व्यापारीलाई निकै बढी चुनाव लाग्छ । सबै पेशा व्यवसायमा दल निकटका भ्रातृ संगठनहरू छन् । शिक्षक, कर्मचारी, वकिल, पत्रकारका दल निकटका भ्रातृ संगठनहरू क्रियाशिल छन् । ति भ्रातृ संगठनका नेता बन्ने र आफ्नो मातृ दलका नेता सत्तामा स्थापित भएपछि सत्ताको सुख सुविधा प्राप्त गर्ने वा धन कमाउने तिनका उद्देश्य छन् । विशुद्ध पेशा व्यवसायकर्मी पाउन नेपालमा कठिन भएको छ । भएकाहरू ओझेलमा छन्, अपमानित छन् । यसरी हाम्रो देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । विद्यालय, धर्मालय (मन्दिर) र जनताको पहरेदार सञ्चार जगत समेत भ्रष्टाचारको दलदलमा छन् । राजनीति एवं पेशा व्यवसाय सबै क्षेत्रका अगुवाहरूमा भनाइ र गराइमा तालमेल छैन । पाखण्डी र ढोङ्गीहरू अगुवा कहलिएका छन् । उद्योग व्यापारमा चोरी, तस्करी र मिसावट गर्नेहरू सफल व्यवसायी कहलिएका छन् । राजनीति उत्कृष्ट समाजसेवा हो तर दुःखको कुरा नेपालमा यो विना लगानीको उद्योग व्यापार बनेको छ । पछिल्लो समयमा नेपालको राजनीतिमा छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेका व्यक्ति, भ्रष्ट उद्योगी, व्यापारी र कर्मचारी व्यक्तिहरूलाई पदासिन बनाउने प्रवृत्ति बढ्दै गएको छ । थाकेका र पाकेका यस्ता भ्रष्ट व्यक्तिहरूले देश र समाजलाई झन खराब दिशातर्फ डो¥याउने खतरा छ । देशमा राजनीतिक पद प्राप्त गर्न तँछाड मछाड छ । राजनीति सेवाभावले नभई स्वार्थभावले गरिएको छ । सत्तामा पुग्नु सेवा गर्ने उद्देश्य छैन । निजी सम्पत्ति कमाउने र म यस्तो ठूलो मान्छे हुँ भन्दै समाजमा धाक, रवाफ जमाउने उद्देश्यले राजनीतिक पद प्राप्त गर्न खोज्नेहरू हावी छन् । समाजमा तिनीहरूको बोलवाला छ । सरकारी कर्मचारीले सेवा प्रवेश गरेको दिनदेखि नै उसको उद्देश्य धन कसरी कमाउने भन्ने छ । यसरी देशमा चारैतिर भ्रष्टाचार व्याप्त छ । दण्डहीनता व्याप्त छ । सत्तासिन र विपक्षी राजनीतिक दल र तिनका नेताहरू सत्ताप्राप्तिको दाउपेच र षड्यन्त्रमा व्यस्त छन् । नेताहरूले मुलुकलाई कसरी विकसित र समृद्ध बनाउने एवं नागरिकहरूलाई कसरी सुखी बनाउने भन्ने विषयमा चिन्तन गर्न एकघण्टा समय खर्चेको पाइदँैन । मुलुकमा औद्योगिकरणको गति सुस्त छ । निर्यात छैन । आयात उच्च छ । पहाडी जिल्लाका बस्तीहरू तराई र शहरमा बसाईसराइले रित्तिईसकेका छन् । १२ कक्षा भन्दा माथि पढ्ने विद्यार्थीको कमीले देशका सबै विश्वविद्यालयहरू समस्यामा परिसकेका छन् । यसरी मुलुकमा अत्यासलाग्दो वातावरण बनेको छ । मुलुक साँच्चै सङ्कटमा छ । राजनीतिले गति छाडेकाले र जनविश्वास गुमाएकाले यस्तो अवस्था बन्न पुगेको हो । मुलुकले तत्कालै निकास पाउने छाँट पनि देखिदैन । यद्यपी लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । सुशिक्षित युवा पुस्ता अघि बढेर मुलुकलाई सम्हाल्नु आजको आवश्यकता हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?