ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उद्योग वाणिज्य संघमा लेखनाथ प्यानलको जित

२२ पुष २०८०, आईतवार
२२ पुष २०८०, आईतवार

बर्दघाट, २२ पुस। बर्दघाट उद्योग वाणिज्य सँघको छैटौँ साधारण सभा एवं तेश्रो अधिवेशनबाट लेखनाथ न्यौपानेको प्यानल नै विजयी भएको छ । आइतबार घोषित नतिजा अनुसार अध्यक्षमा लेखनाथ न्यौपानेले ७ सय ७० मत प्राप्त गर्दै विजयी भए उनका निकटतम प्रतिद्धन्द्धि दिनेश न्यौपानेले ४ सय ६२ मत प्राप्त गरे ।

अध्यक्षका प्रत्यासी लेखनाथ अघिल्लो कार्यकालका समेत अध्यक्ष हुन भने दिनेश महासचिव हुन । अध्यक्ष पदमा त्रिपक्षिय भिडन्त भएको थियो । लेखनाथलाइ एमाले र रास्वपाको समर्थन रहेको थियो भने दिनेशलाई सत्ता गठवन्धनको समर्थन रहेको थियो । अर्का अध्यक्ष राजु पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले २ सय ७ मत प्राप्त गरे, पाण्डे यसअघिको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत हुन ।यस्तै वरिष्ठ उपाध्यक्षमा तारा गौतम विजयी भए उनले ७ सय ८७ मत प्राप्त गरे, उनका प्रतिद्धन्द्धि हरि प्रसाद अधिकारीले ५ सय १७ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर दमाइ ६ सय १५ मत प्राप्त गर्दै विजयी भए । निकटतम प्रतिद्धन्द्धि स्वतन्त्र उम्मेदवार नवराज अधिकारीले ४ सय ३८ मत प्राप्त गर्दा दिनेश न्यौपाने प्यानलका धनन्जय पौडेलले ३ सय १४ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा टेक बहादुर बुढाथोकिले ७ सय ५८ मत ल्याउँदै विजयी भए उनका निकटतम प्रतिद्धन्द्धि भरत कण्डेलले ५ सय १८ मत प्राप्त गरे । त्रिपक्षिय भिडन्त भएको महासचिव पदमा गंगा पाठक ५ सय ९० मत ल्याउँदै विजयी भए । दिनेश न्यौपाने प्यानलका मोहन सापकोटाले ४ सय ८ मत पाँउदा स्वतन्त्र उम्मेदवार विष्णु पराजुलीले ३ सय ७० मत पाएका थिए । सचिवमा डिल्लिराज कण्डेलले ७ सय ८१ मत ल्याउँदै विजयी हुँदा अर्का प्रत्यासी युवराज पाण्डेले ५ सय २४ मत ल्याएका थिए । कोषाध्यक्षमा जित बहादुर थारु ७ सय २६ मत ल्याउँदै विजयी भए । कोषाध्यक्षका प्रत्यासी भरत प्रसाद शर्माले ५ सय ८४ मत ल्याएका थिए ।

महिला आरक्षित सह कोषाध्यक्ष पदमा लेखनाथ प्यानलकी पार्वती भुसाल ७ सय २१ मत ल्याउँदै विजयी भइन । निकटतम प्रतिद्वन्द्वी सुमित्रा दमैले ४ सय १६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार जमुना देवि वि.क. ले १ सय ७५ मत ल्याइन । सदस्यहरूमा लेखनाथ प्यानलका घनश्याम पाध्या आचार्य (गणेश), खुमानन्द बश्याल (खुमन) प्रकाश घिमिरे, कृष्ण प्रसाद सापकोटा, रुविन तामाड र घनश्याम थारु विजयी भए । कुल २ हजार ५३ मतदाता रहेको बर्दघाट उद्योग वाणिज्य सँघमा १ हजार ५ सय १ मत खसेको थियो । अध्यक्षमा विजयी घोषित भएपछि सँक्षिप्त प्रतिक्रिया दिँदै नव निर्वाचित अध्यक्ष लेखनाथ न्यौपानेले आर्थिक मन्दिका कारण ब्यवशायीहरू पलायन हुने अवस्था आएकोले स्थानिय सरकार र सरोकारवालासँग समन्वय गर्र्दै आर्थिक अवस्था उकास्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?