© २०२३
सुनवल, २२ पुस । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी बापतको लाखौँ महसुल नउठेपछि धारा काट्ने भएको छ । शनिबार देखि १५ दिन भित्र पानीको महसुल नबुझाए धारा काट्ने समितिकोले निर्णय गरेको छ । वर्षो देखिको लाखौँ महसुल उपभोक्ताबाट उठाउन बाँकि रहेका कारण शनिबार देखि १५ दिनको समय दिईएको छ, अब पनि महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारण सभाले निर्णय गरेको समितिका अध्यक्ष खगेश्वर पन्थिले जानकारी दिए । आगामी माघ पाँच गते भित्र पानीको वाँकी महशुल भुक्तानी नगरे धारा पनि काटिन्छ र रकम सहित महसुल नतिर्नेको नाम समेत सार्वजनिक गरिनेछ अध्यक्ष पन्थीले भने । समितिले खानेपानी उपभोग बापतको ४३ लाख २३ हजार ५ सय ८१ रूपैयाँ ग्राहक बाट उठाउन बाँकि छ ।
गत आर्थिक वर्षको मसान्त सम्म ५१ लाख ३८ हजार बक्यौता रहेकोमा चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा ८ लाख १५ हजार बक्यौता महसुल उठेको छ । समितिले अब खानेपानी प्रभावकारी रूपमा वितरण गर्न सक्ने अवस्थामा भएपनि आर्थिक अभाव रहेकाले महसुल उठाउने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष पन्थिले बताए । समितिका अनुसार घरासयी उपभोक्ताको रूपमा खानेपानी उपभोग गर्नेहरूको महसुल बक्यौता बढि देखिएको छ ।
केहि संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने ९ ओटा धारा समितीले काटेको छ । परासीमा बस्ने विभिन्न राजनैतिक दलका नेताहरूले नै वर्षो देखि खानेपानीको महसुल नबुझाएको पाईएको छ । ‘ राजनैतिक दलका नेताले नै महसुल बुझाएका छैनन्, पैसा नतिरे धारा काट्छौ भन्दा धम्कि दिन्छन्, अब हामि कडाईका साथ महसुल उठाउन केन्द्रित हुन्छौ अध्यक्ष पन्थिले भने ।’
तिन महिना सम्म महसुल नबुझाउने ग्राहकको धारा बन्द गर्ने निति भएपनि समितिले नै नियम कार्यान्वयन गर्न नसक्दा महसुलको बक्यौता लाखाँै पुगेको हो । समितिले रामग्राम वडा नम्बर १ र ६ मा रहेको दुई ओटा ओभरहेड ट्याङ्कि मार्फत १७ सय बढि घरधुरीलाई खानेपानी वितरण गर्दे आएको छ । पोखरापालीमा रहेको ट्याङ्किको पानी पनि अहिले वितरण भईरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । वुद्धचोकमा पोखरापालीबाट आएको पानीको पाईप विस्तारका लागी काम गरी झन्डै ३ हजार घरधुरीलाई पानी वितरण गर्ने समितिको तयारी छ ।