ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
निर्माण ब्यवसायीको पदस्थापन

सार्वजनिक ऐनको ठाउमा छुट्टै निर्माण ऐन र नियमावली ल्याउनेपर्नेमा ब्यवसायीहरुको जोड

२० पुष २०८०, शुक्रबार
२० पुष २०८०, शुक्रबार

बुटवल, २० पुस । निमार्ण ब्यवसायीहरुलाई काम गर्न सार्वजनिक ऐन बाधक भएको भन्दै यसको ठाउमा छुट्टै निर्माण ऐन र नियमावली ल्याउनेपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । लुम्बिनी निर्माण ब्यवसायी संघ शाखा कार्यालय बुटवलको १७ औ साधारण सभा तथा १३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद स्थापना कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन । पुर्वाधार विकास, राष्ट्रको निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार नारासहित स्थापना भएको संघको नया नेतृत्वलाई एक समारोहका बिच नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले टिकामाला लगाएर पदस्थपना गराउदै ब्यवसायीहरुको हकहितको पक्षमा सरकारले कानुन ल्याउन सुझाव दिए ।

कार्यक्रममा शाखाका पुर्वअध्यक्ष जबिन कक्षपतिले सरकारबाट ठूलो रकम भुक्तानी बाकी रहेदा आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे । ४० अरब रुपैया अघिल्लो वर्ष र यो आर्थिक वर्षको २० अरब गरि करिब ६० अरब रुपैया सरकारबाट भुक्तानी गर्नुपर्ने देखिएको उनले बताए । श्रोत सुनिश्चितता नभएका ठेक्कालाई स्वीकार नगर्ने प्रण ब्यवसायीहरुबाट हुन जरुरी रहेको उनले बताए । कर र कर सम्बन्धि देखिने समस्याहरुलाई सहजिकरण हुने गरि अन्तरक्रियामा जोड दिन उनले सुझाव दिए । ठेकेदारहरु माटो खन्दा मेशिन प्रयोग गरिदा मेशिन र माटो खनेको दोहोरो कर लिनु गलत भएको उनले दुखेसो गरे। बजारमा ब्यवसायीहरुको कठिनाई पुर्ण अवस्था देखिएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए । दैनिक निर्माण बस्तुको मुल्यवृद्घि भैरहदा ठेक्का मुल्यको मूल्य नबढ्ने उनले दुखेसो गरे ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यकारी प्रमुख ध्रुव पोखरेलले निर्माण ब्यवसायीहरुमा कागजी प्रक्रियामा कमजोरीहरु देखिदै भन्दै यसलाई बुझ्न र सावधानी अप्नाउनुपर्ने बताए । अझ करको पाटोबाट हेर्दा विवरण पेश नगर्ने समस्या देखिएको र यसलाई नजानेर, नबुझेर नै भएको मान्न सकिने भन्दै यसलाई सुधारमा जोड दिनुपर्ने उनले बताए । कम्तीमा दुई महिनामा एकपटक अन्तरक्रिया कार्यक्रमहरु अघि बढाएर यसमा अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा पुर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लाल गिरिले पेशागत संघसंस्थाहरु आफ्नो अधिकारका लागि निरन्तर सशक्त रुपमा अघि बढ्नु सकारात्मक भएको बताए । सरकारको श्रोत संकुचन भैरहेको छ यस्तोमा पेशाब्यवसायीहरुआफ्नो सम्पति धितो राखेर सरकारको काम गर्नुपर्ने बाध्यता पनि देखिएको उनले बताए । कागजी कामकाजमा ब्यवसायीहरुबाट कमजोरी देखिएको भन्दै यसतर्फ ध्यान दिदै गुणस्तरमा समेत जोड दिनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा सडक डिभिजन कार्यालयका वरिष्ठ ईन्जिनियर महेश्वर लम्सालले ब्यवसायको सफलता र समृद्धि बिना राष्ट्र विकास सम्भव नहुने बताए । सार्वजनिक खरिद ऐन निर्माण मैत्री नभएको भन्दै उनले नया ऐन ल्याउनुपर्ने सुझाव दिए । छुट्टै निर्माण ऐन र नियमावली ल्याउने गरि संघबाट नितिनिर्माण तहमा अभियान चलाउन उनले सुझाव दिए । यो पेशामा नया युवाहरुको संख्या बढ्नु सकारात्मक भएको भन्दै पेशागत भावनासहित लाग्न सुझाव दिए। भएका खरिद ऐनलाई राम्ररी अध्ययन नगर्ने कमजोरीहरु देखिएको उनले बताए । श्रोत सुनिश्चितता नभएका ठेक्कालाई सरकारबाट अगाडि नबढाएको भन्दै उनले गुणस्तरमा ब्यवसायीले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल निर्माण ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले समस्या हाम्रो ब्यवसायहरुको मात्र नभई सबै देशभरकै गम्भीर बन्दै गएको दुखेसो गरे । देशको मुख्य आयश्रोत राजश्व भएको भन्दै उनले यसमा निजि क्षेत्रको महत्वपूर्ण रहेको बताए । सरकार यो क्षेत्रको विषयमा गम्भीर हुनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष मन्जु भुषालले ब्यवसायीहरुको समस्या र कठिनाईलाई चिर्ने गरि अभियान अगाडी बढाउने प्रतिवद्घता जनाए । निर्माण ब्यवसायीहरुप्रति सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्ने सुझाव दिदै सरकारी निकायहरुबाट ब्यवसायीहरुलाई करका विषयमा सहजिकरण गर्न आग्रह गरिन । बजेटको श्रोत सुनिश्चितता नभई ठेक्का नलिने एकवद्घ रुपमा आवाज उठाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा शाखाका अध्यक्ष बुद्धि थापाले निर्माण ब्यवसायी संघको छाता संगठनका ब्यवसायिक हकहित र अधिकारका लागि संस्थागत रुपमा अघि बढ्दै गएको बताए । निर्माण ब्यवसायमा देखिएका समस्या र समाधानका बाटोहरु खोल्ने गरि सरोकारवाला संघसंस्थाहरुसंग सहकार्य अघि बढाउने उनले बताए ।

मंसिर २९ गते भएको अधिवेशनबाट बुद्धिराज थापाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष बाबुराम चौधरी, उपाध्यक्ष किशन आचार्य, सचिव हिरा श्रेष्ठ, सहसचिव भुपेन्द्र पाण्डे, कोषाध्यक्ष चित्र बहादुर श्रेष्ठ, सदस्य कृष्ण चौधरी, महिला सदस्य प्रभा न्यौपाने सहित निर्वाचित टिमको पदस्थापना भएको हो ।

यसैबिच कार्यक्रममा मलेसियामा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा मेडल विजेता ब्यवसायी रमेश शाहीका सुपुत्र प्रजेश शाहीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शाखा कार्यालय बुटवलका संस्थापक अध्यक्ष भिम बहादुर श्रेष्ठ, पुर्वअध्यक्ष राजु लिगल, जिल्लाका पुर्वअध्यक्ष विनय ज्ञवाली, सचिव राजन ज्ञवाली, बुटवल शाखाका वरिष्ठ उपाध्यक्ष बाबुराम चौधरी, निवर्तमान सचिव मनोज गौचनले ब्यवसायको हकहितलाई केन्द्रमा राखेर रचनात्मक कामलाई संस्थाबाट प्राथमिकता लिने बताए ।

यसैबिच आन्तरिक राजश्व कार्यालयले निमार्ण ब्यवसायीलाई कर तालिम दिएका छन । कार्यालयसंग ब्यवसायीहरु प्रत्यक्ष रुपमा काम गर्न अनुरोध गर्दै दर्ता, खारेजी र नविकरण जस्ता विषयमा तेस्रो पक्षलाई प्रयोग गर्न नहुने सुझाव दिए । कर सचेतना बढाउने कामलाई बिस्तारै अघिमा आफुहरु लागेको उनीहरुको दाबी छ । आर्थिक ऐन अनुसार आर्थिक वर्षमा बिलबिजक प्रयोग गर्नुपर्ने, कम्तिमा ३–३ महिनामा आयब्यायको विवरण पेश गर्ने, आयकरमा ब्याज र भ्याटमा थप १० प्रतिशत दस्तुर लाग्ने हुदा त्यस विषयमा सचेत हुनुपर्ने साथै प्यानमा रहेको ब्यवसाय भ्याटमा जादा के कस्ता विषयलाई ध्यान दिने विषयमा गहन छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?