© २०२३
बर्दघाट, १९ पुस । यतिबेला बर्दघाट नगरपालिकाका उद्योगी ब्यवसायीहरू चुनावी मैदानमा होमिएका छन् । बर्दघाट उद्योग वाणिज्य संघको छैठौँ साधारण सभा एवं तेश्रो अधिवेशन आज (पुष १९ गते) आयोजना गरिएको भए पनि ब्यवसायीहरू प्यानल नै बनाएर अधिवेशन भन्दा २ दिन अघिदेखि नै घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन । साधारण सभा हुनु पूर्व नै चुनावी मैदानमा उत्रिदा साधारण सभाको खुल्ला सत्र र बन्द सत्र प्रभावित हुन सक्ने ब्यवसायीहरूले बताएका छन ।
सामान्यतः वर्तमान कार्यसमितिले साधारण सभा सम्पन्न गर्ने र वन्द सत्रको कार्यक्रम सकिएपछि निर्वाचन समितिलाई नयाँ नेतृत्व चयनको जिम्मा लगाउने प्रकृया रहन्छ । संघको आगामी नेतृत्वको लागि ३ जनाले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष लेखनाथ न्यौपानेलाई नेकपा एमाले र राष्ट्यि स्वतन्त्र पार्टिको समर्थन रहेको छ । यस्तै अध्यक्षका अर्का प्रत्यासी दिनेश न्यौपाने वर्तमान महासचिव हुन । उनलाई सत्ता गठवन्धन (काँग्रेस, माओवादी, समाजवादी) को समर्थन रहेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष राजु पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । यस्तै बरिष्ठ उपाध्यक्षमा लेखनाथ न्यौपाने प्यानलबाट तारा गौतम, दिनेश न्यौपाने प्यानलबाट हरि अधिकारीले उम्मेदवारी गराएका छन । वाणिज्य उपाध्यक्षमा लेखनाथ प्यानलबाट चन्द्र बहादुर दमाइ, दिनेश न्यौपाने प्यानलबाट धनन्जय पौडेल र स्वतन्त्र नवराज अधिकारीले उम्मेदवारी दिएका छन । उद्योग उपाध्यक्षमा लेखनाथ प्यानलबाट टेक बहादुर बुढाथोकी र दिनेश प्यानलबाट भरत कँडेल प्रत्यासी रहेका छन ।
महासचिवमा लेखनाथ प्यानलबाट गँगा पाठक, दिनेश प्यानलबाट मोहन सापकोटा र स्वतन्त्र विष्णु पराजुलीले मनोनयन दर्ता गराएका छन ।
बर्दघाटका ब्यवशायिहरूले ब्यवशायीहरूको सँस्थामा राजनैतिक रूपमा नेतृत्व लिन भन्दा पनि सहमतिमा नेतृत्व चयन गरेर ब्यवसायीको हक हितमा काम गर्नुपर्ने बताएका छन । साधारण सभा नै नहुँदै चुनाव प्रचारमा होमीनु कहिँ नभएको जात्रा हाँडिगाँउमा भनेजस्तै भएको पन्थी इलेक्टेनिक्सका नगेन्द्र पन्थीले बताए । उनले भने, कम्तीमा साधारण सभाका कार्यक्रम सम्पन्न भएपछि चुनावी प्रकृयामा जानु पथ्र्यो, यदि बन्द सत्रमा प्रतिवेदन पारित भएन भने को जिम्मेवार हुने? महासचिव दिनेश न्यौपानेले केन्द्रिय महासँघको विधान अनुसार अघि बढ्दा केहि असहज देखिएको बताए ।
उनले केन्द्रिय महासँघको निर्देशन अनुसार अघि बढ्दा साधारण सभा अगावै चुनावी माहोल सुरु हुँदा ब्यवशायीहरूमा केहि अन्यौलता छाएको बताए । अध्यक्ष लेखनाथ न्यौपानेले माउ सँस्था केन्द्रिय महासंघको विधानमा साधारणसभा अगावै चुनावी प्रकृयामा अघि बढने उल्लेख भएको र प्रदेशका अन्य सँघहरूले पनि केन्द्रीय विधान अनुरूप नै अधिवेशन सम्पन्न गरेकोले बर्दघाट उद्योग वाणिज्य सँघ पनि सोहि अनुरूप अघि बढेको बताए । बन्द सत्रमा प्रस्तुत हुने प्रतिवेदनहरू उपर छलफल सहित पारित हुनेमा आफ्नो टिम विश्वस्त रहेको समेत उनले बताए । बर्दघाट उद्योग वाणिज्य सँघमा बर्दघाट नगरपालिका वडा नम्बर १ देखी १६ सम्मका २ हजार ५१ जना उद्योगी ब्यवशायीहरू आवद्ध रहेका छन ।