ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

रबिन पोखरेल नै किन ?

१ पुष २०८०, आईतवार
१ पुष २०८०, आईतवार

१. तपाईको उम्मेद्वारी निरन्तरता नै हो कि आवश्यकता हो ?
धन्यवाद, निरन्तरता अनि आवश्यकता भन्दा पनि समयको माग हो भन्दछु । सन् २०१३ देखि शाखाको सदस्यता लिएदेखि नेपाल जेसीजको कार्य समितिमा बसेर निरन्तर बिधिको शासनको पक्षमा रहँदै नेतृत्व बिकासको अभ्यासका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दैगर्दा प्राप्त सिकाई लाई नेतृत्व तहमा बसेर परिमार्जन, रूपान्तरण र हस्तान्तरणको अभ्यासका लागि मेरो राष्ट्रिय अध्यक्षको उम्मेद्वारी अहिलेको समयको माग नै हो जस्तो लाग्छ ।

२. बुटवल महाधिबेसनमा आउने जेसीजजनले तपाईको उम्मेदवारीको अभ्यासबाट के सिकाई सिक्छन् जस्तो लाग्छ ?
अरूको अभ्यासको बिषयमा मैले भन्न सक्दिनँ तर मेरो अभ्यासबाट उमेम्दवारको अनुशासन, समुहगत कार्यको सिकाई निरन्तरतामा पनि उत्कृष्टता, एकआपसमा भाईचाराको बिकास, जेसिज आस्था अनुरूपको प्रस्तुती अनि संस्थागत क्रियासिलताको उदाहरण नै एउटा महत्वपुर्ण सिकाई हुन्छ । साथै मैले पनि अधिकांश जेसीजको जनको सम्पर्क अनि संवादबाट धेरै बिषय सिक्न पनि पाएको छु ।

३. तपाईको बर्ष २०२४ के को लागि फरक हुन्छ ?
सर्बप्रथम फरक भन्दा पनि उदाहरणिय, अनुकरणिय र सबैको अपनत्व हुने किसिमको बनाउने अधिकतम प्रयासका साथ उर्जाशिल जोस लिएर मेरो उपस्थित र उम्मेदवारी रहेको छ । सोही कारणले, निरन्तरता मात्र होईन राज्यका अंगहरूसंग समन्वय गरि जेसिजलाई राज्यको महत्वपुर्ण अंगको रूपमा भूमिका दिलाउन, व्यवहारिक र सिपमुलक तालिमको अवधारणा लागु गराउन स्वरोजगारिका लागि देशभर योजना ल्याउन, अन्तर्राष्ट्रियस्तरमा नेपाल जेसिजको र उपस्थितिलाई द्रहो बनाउन र हरेक राष्ट्रिय र शाखागत गतिबिधिलाई परिणाममुखि बनाउन युवाहरूलाई अभिप्रेरित गर्ने कार्य कार्यकाल भर गतिशिलताका साथ कार्यान्वयन गर्ने भएकाले बर्ष २०२४ परिणाममुखि हुनेकुरामा बिश्वस्व छु ।
४. अहिले देशमा ब्रेन ड्रेनको समस्या छ अनि आर्थिक समस्या चुलिँदो छ । युवाहरूको संस्था जेसीजले त्यसको लागि के पहल गर्नेछ ?
हामिसंग संस्थागत रूपमा आवद्ध भएका युवाहरू अनि उनिहरू मार्फत समुदायमा रहेका युवाहरूलाई लक्षित उत्प्रेरणात्मक तालिम का श्रृङ्लाहरूको सबै शाखामा आयोजना अनि ‘एक शाखा एक शैक्षिक संस्था’ मा कम्तिमा महिनामा एकवटा राष्ट्रिय भावनाले ओतप्रोत कार्यक्रम, विचार गोष्ठि, युवासंग युवा कार्यक्रम, शेयर वजार, एआई लगायतका विषयमा जानकारीमुलक कार्यक्रम अनि आफ्ना विचार र उत्पादन राख्ने मञ्च प्रदान गर्दै, जिम्मेवार स्थानिय निकाय र मन्त्रालयहरू संग सम्पर्क र समन्वय गरि कार्ययोजना पहिलो महिनादेखिनै लागु गरिनेछ ।

५. रबिन पोखरेलले नै यसअघि पनि उम्मेदवारी दिएको तर असफल भएको हुँदा असफल भईसकेको नेतृत्व सफल हुन्छ भन्ने ग्यारेन्टी के हो ?
पहिलो बिषयत जेसीजमा कसैको हार हुँदैन; कि त जितिन्छ कि सिकिन्छ अनि यसअघिका अधिबेशनहरूमा म निकटतम प्रतिस्प्रधी रहँदै सम्मानजनक मतका साथ रनरअप हुँदै गर्दा प्राप्त चुनावि सिकाई, उम्मेदवारको मानसिकताको अध्ययन अनि मतदाताको सोंचलाई नजिकबाट वुझ्ने र बुझाउने उच्च ज्ञानको प्राप्तीको मलाई अवको अधिबेसनमा विगतको असफल बाट सफल हुने मुलमन्त्र प्राप्त भएको छ र अव जितको लागी उच्च मनोवलका साथ तयार रहेको छु र अधिकांश मतदाताहरूको मानसिकता पनि यसपटक ब्यालेट वक्सबाट रबिनलाई न्याय नै गर्ने विचार रहेको मैले प्रत्यक्ष र अप्रतक्षय रूपमा बुझेको छु ।

६. तपाईका अन्य राष्ट्रिय अध्यक्षका उम्मेदवारसंग प्रतिस्पर्धिको रूपमा डर वा निकटतम प्रतिस्पर्धि कस्लाई मान्नुभएको छ ?
एउटा उम्मेदवार भइसकेपछि त्यसमाथि पनि जेसीज अभियानकर्मीको रूपमा मैले मेरा प्रतिस्प्रधि मित्रहरूसंग डर हैन भर गरेको छु कि मलाई अन्तिम अब्स्था सम्म उहाँहरूले सर्बसम्मत वनाउन सहयोग गर्नुहुनेछ । उम्मेदवारको हिसाबले सबै प्रतिस्प्रधि मित्रहरू समाननै हुनुहुन्छ, उहाँहरूको शक्तिको क्रमभन्दा पनि हाम्रो घनिष्टताको नाता उच्च छ । हामिविच अत्यन्तै स्वस्थ्य प्रतिस्प्रधा, उदाहरणिय अभ्यास हुनेमा म बिश्वस्त छु ।

७. तपाईको बर्ष २०२४ को प्रकरण (थिम) के हो र यसमा कस्तो मर्म छ ?
गर्बिलो ईतिहास, आशलाग्दो बर्तमान, सुनौलो र सुनिश्चित भविष्यका लागि Initiate, Innovate, Impact अर्थात ‘नवप्रभावका लागि अग्रसरता’ बर्ष २०२४ लागि प्रकरण (थिम) रहेको छ । यसले बदलिदो समयानुसार युवाहरूले समाजमा सकरात्मक परिबर्तनका लागि युगअनुकुल प्रभाककारि कार्य गर्न अग्रसर हुनुपर्दछ रूपान्तणका लागि निरन्तर अभ्यास गर्नुपर्दछ भन्ने मर्म अनि उद्देश्य बोकेको छ ।

८. बुटवलको चुनावी नतिजा तपाईकै पक्षमा आउँछ भन्ने ग्यारेण्टी के ?
ग्यारेण्टी भन्दा पनि तमाम जेसीज जनको मनको र मतको गुञ्जन हो । मेरो संस्थागत निरन्तरता, गतिशिलता, अनुशासन बिधिको पक्षमा वकालत, प्रतिनिधित्व गर्ने क्षमता, सामुहिक कार्यमा विश्वास गर्ने वानि, भाईचाराको संस्कार र विगतको अभ्यासको अनुभव अनि मेरा चुनाबि एजेन्डाहरूनै मेरो जितको आधार स्तम्भ हुन । देशभरका काउन्शिलर र मतदाता यसपटक रबिन पोखरेललाई न्याय गर्नुपर्छ, जिताउनु पर्छ भनि स्वतस्फुर्तं वुटवल केन्द्रित हँुदैहुनुन्छ, यो उर्जालाई जितको श्रि सम्म पुयाउने प्रकाश प्राप्ति भएको छ र म बिश्वस्त छु ।

९. तपाई राष्ट्रिय अध्यक्ष भएपछि नेपाल जेसीजले प्राप्त गर्ने कम्तिमा पाँचवटा परिबर्तन बुदाँगत रूपमा भन्नुपर्दा के छ ?
मैले ३६५ दिनकै एकप्रकारको तालिका बनाएर कार्य गर्ने पूर्वतयारी गरेको छु । पाँचवटा भन्दा पनि धेरै छन् जुन मैले ककस प्रस्तुतीको क्रममा मंचबाट प्रस्तुत गर्नेछु अनि मैले प्रस्तुतीको क्रममा मञ्चबाट प्रस्तुत गर्नेछु अनि मेरो योजनाहरू प्रिन्ट गरि मतदाताहरूलाई दिनेछु साथमा यसअघि शाखा भ्रमणको क्रममा प्रत्येक शाखामा राखिपनि सकेको जानकारि गराउँदछु । यद्यपि पाँचवटै नै भन्नुपर्दा बिधिको शासनको अभ्यासमा प्रभाककारिता, तालिममा नविनता, अन्तराष्ट्रिय सम्बन्धमा उत्कृष्टता, बिगतको संस्कारलाई सम्मान र कार्यक्रममा मौलिकता अनि सचिबालयलाई पूर्ण प्रबिधिमैत्रि संचालनको प्राथमिकतामा मेरो बिशेष पहल हुनेछ ।

१०. भनेपछि तपाईको नेतृत्वमा नेपाल जेसीजको २०२४ सर्वोत्कृष्ट हुन्छ भन्ने तपाईको वटमलाईन हो ?
म भन्दा पनि वर्ष २०२४ को वोर्ड को ऊर्जाशिल समूहकार्य र अग्रजबाट संस्कारको सिकाई ले हाम्रो बर्ष २०२४ नम्बर वान भनेर घमण्ड र घोषणा गर्दिन तर बिगतलाई सम्मान र सिकाईको रूपमा लिँदै तमाम जेसीज जनहरूले सम्झन योग्य ऐतिहासिक : Milestone Year को रूपमा स्थापित गर्ने मेरो ध्येय हुनेछ ।

११. अन्त्यमा, मतदातालाई केही भन्न बाँकी छ ?
सर्बप्रथम, हामी जेसीजको राष्ट्रिय महाधिबेशनलाई सफल बनाउन हामी सबै एकभई लागौ भन्न चाहान्छु । अनि सबैले सम्भवतः मलाई नजिकबाट जेसीज मर्म बुझेको मान्छेको रूपमा लिनुभएको छ । अब सबै आशिर्बाद र शाथलाई मतमा परिणत गर्ने बेला आएको छ । कृपया ब्यालेटमा यसपटक न्याय गरिदिनु हुन बिन्रम अनुरोध गर्दछु । र अन्त्यमा तपाइको मिडियालाई पनि धन्यवाद दिन चाहान्छु । धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?