© २०२३
बुटवल, २६ मंसिर । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन बुटवलमा हुँदैछ । बुटवल जेसिज स्थापनाको ५० आंै स्वर्णजयन्ती सँगै ५० औं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा हुन लगेको हो । यहि मंसिर २९ गतेदेखि पुस २ गते सम्म बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुटवल जेसिजको महाधिवेशन हुन लागेको हो । जसको तयारी बुटवल जेसिजले अहिले तिब्र पारेको छ । देशभरबाट सयौंको संख्यामा आउने जेसिजमा आवद्धता भएका व्यक्तिहरू साथै अतिथिहरूको व्यवस्थापनको लागि बुटवल जेसिजले तयारी तीब्र पारेको हो ।
पूर्व राष्ट्रिय अध्यक्ष समेत भएर नेतृत्व गरिसकेका बर्ष २०१६ का अध्यक्ष जगतबहादुर पोखरेलको नेतृत्वमा महाधिवेशन निर्देशक समिति निर्माण गरिएको छ । जसले महाधिवेशनको तयारी तीब्र पारेको हो । बुटवल जेसिजबाट अन्तर्राष्ट्रिय उपाध्यक्षसम्मको नेतृत्व गर्ने व्यक्तिहरू जन्मिएका छन् । बुटवल जेसिजका पूर्व अध्यक्ष अनुपमान शैजुले बुटवल जेसिजको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्ष सहित अन्तर्राष्ट्रिय जेसिजमा उपाध्यक्ष सम्मको नेतृत्वमा रहेर काम गरेका छन् । उनले अन्तर्राष्ट्रिय जेसिजको उपाध्यक्ष हुँदा बुटवल सहित यो क्षेत्रका युवाहरूको नेतृत्व विकास लगायतका विषयमा धेरै काम गरेका थिए । बुटवल जेसिजबाट राष्ट्रिय अध्यक्ष बनेका सैजु पहिलो अध्यक्षन हुन भने प्रदेशबाट अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने शैजु यो क्षेत्रका पहिलो व्यक्ति समेत हुन । उनी सन् २००२ मा बुटवल जेसिजको शाखा अध्यक्ष भएका थिए भने सन् २००७ मा राष्ट्रिय अध्यक्ष भए । उनी अन्तर्राष्ट्रिय उपाध्यक्ष सन् २००८ मा भए ।
बुटवल जेसिजबाट राष्ट्रिय अध्यक्षमा २ जना र दुई जना बाट एक जना अन्तर्राष्ट्रिय उपाध्यक्ष समेत भएर बुटवलको छवि कायम गर्न सफल भएका हुन । सन् २०१६ का राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेल बुटवल जेसिजका पूर्व अध्यक्ष समेत हुन । उनी बुटवल जेसिजको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्ष भएका थिए । उनै पोखरेल अहिले केन्द्रीय महाधिवेशन समितिको महाधिवेशन निर्देशकको रूपमा रहेका छन् ।
राष्ट्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय उपाध्यक्ष हुँदा अनुपमान शैजुले बुटवल जेसिजको नयाँ भवन शुभारम्भ गरेका हुन । त्यो बेला शाखा अध्यक्ष जगदबहादुर पोखरेल थिए । उनी शाखा र राष्ट्रिय अध्यक्ष शैजु हुँदा अहिले बुक्स प्लाजा भएको बुटवल जेसिजको नयाँ भवन बनेको हो ।
बुटवल जेसिजले सन् १९८६ मा १३ औ राष्ट्रिय महाधिवेसन, सन् २००१ मा २८ औं राष्ट्रिय महाधिवेशन समेत सफलता पूर्वक सम्पन्न गरेको ईतिहास रहेको बुटवल जेसिजका पूर्व अध्यक्ष तथा महाधिवेसन महासचिव मनोज भट्टराई बताउँछन् । उनका अनुसार २२ बर्ष पछि बुटवल जेसिजले राष्ट्रिय अधिवेशनको तयारीमा जुटेको हो । महाधिवेशन निर्देशक पोखरेलले यो पटक बुटवलको महाधिवेशन भव्य हुने बताए । विभिन्न पालिकाहरूसंगको सहकार्यमा आर्थिक संकल लगायतका कार्यहरू जारी रहेको भन्दै उनले युवा नेतृत्वको लागि सबै जनाले सहयोग र साथ दिनेमा आफू विश्वस्त रहेको बताएका थिए । बुटवल जेसिजले यो पटक कुनै पनि पदमा आवेदन नदिने तर देशभरबाट आएका पाहुँनाहरूको स्वागतमा भने विशेष महवका साथ लाग्ने निर्णय समेत गरेको उनको भनाई रहेको छ ।
बुटवल जेसिजका अध्यक्ष हरि विक्रम कुँवरका अनुसार महाधिवेशनको लागि १५ जना पूर्व अध्यक्षहरूको संयोजक समिति, १२ जना पदाधिकारीहरूको संयोजक सहित ८० जना सदस्य रहेको उप समितिहरू समेत गठन गरिएको छ ।
महाधिवेसनमा युवा पुरस्कार सहित शाखा, सदस्य उत्कृष्टलाई पुरस्कार तथा सम्मान कार्यक्रम राखीने भएको छ । यस्तै वक्तृत्वकला प्रतियोगीता, शान्ती पदयात्रा प्रभात फेरी, गोष्ठी तथा सेमिनार, नेतृत्व विकास प्रशिक्षण, उमेद्बारको प्रशिक्षण तथा प्रतिवद्धता लगायतका कार्यक्रम पनि तय गरिएको छ ।
बुटवल जेसिजको स्वर्ण जयन्ती र नेपाल जेसिजको पनि ५० औ बर्ष स्थापनाको अवसरमा बुटवलको मणिमुकुन्द शेन उद्यानमा स्मारक समेत निर्माण गर्ने कार्यक्रम गरिएको छ । जसको लागी समितिले जग्गा समेत उपलब्ध गराएको छ । यो बर्ष उद्यान निर्माण कामा सुरु संगै स्मारक समेत बनाउने योजना रहेको जनाइएको छ । साथै स्थानीय उत्पादनको लागि व्यापार स्टलहरू समेत राख्ने कार्यक्रम तय गरिएको छ ।