ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन
लुम्बिनी एक्स्पो २०८० अन्तराष्ट्रिय व्यापार मेला

एक्स्पोमा नबिनतम प्रविधि र स्थानिय उत्पादनलाई समेट्न पत्रकारहरुको सुझाव

२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

बुटवल, २० मंसिर । पुषको पहिलो हप्ता बुटवल मण्डपमा लाग्ने मेला रुपन्देहीकै पहिचानको रुपमा रहेको छ । यो वर्ष रुपन्देही ब्यापार संघले मेला आयोजना गर्दै छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउसम्म ब्यापार बिस्तार’ नारासहित पुस ५ देखि १८ गतेसम्म आयोजना गरिने मेलाको तयारीको बारेमा बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरिएको छ ।

लुम्बिनी एक्स्पो २०८० अन्तराष्ट्रिय व्यापार मेला नाम अनुसार नै आर्कषक, नबिनतम प्रविधि र ज्ञान दिने गरि स्टलहरु राख्न सहभागी पत्रकारहरुले आयोजकलाई सुझाव दिए । लुम्बिनी एक्स्पोमा नाम अनुसार नै नया ज्ञान हुने र सृजनसिल बनाउन उनिहरुले आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले यसपटक नया स्थाई संरचनामा गरिने मेलाको रौनक थप्ने दाबी गरे । मेला तयारीका लागि ४५ वटा विभिन्न उपसमिति निर्माण गरि आवश्यक तयारीमा जुटेको उनले बताए । मायादेवी मन्दिरको स्वरुपमा मुल गेट निर्माण गरिने उनले बताए । मेलामा विभिन्न जातजाति र संस्कृति जगेर्ना गर्ने गरि झाकी प्रर्दशन, मेला अवधिमा कला, संस्कृति झल्किने नृत्य, आईडल लगायत कार्यक्रमहरु हुने उनले बताए । मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवा, साना तथा घरेलु उद्योग, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाईल, ईलेक्ट्रोनिक्स एण्ड ईलोक्ट्रिकल्स, मोबाईल सुचना प्रविधि, टेक्सटाईल, गार्मेन्ट्स तथा फुटबेयर, फर्निचर तथा फर्निसिङ लगायतका स्टलहरु रहने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेलाको नाममा बढेको विकृतिलाई रोक्ने गरि अभियान थाल्न सुझाव दिए । बुटवल बजारको चहलपहल बढाउने गरि योजना ल्याउनुपर्ने भन्दै मेलामा सामान बेच्नेभन्दा पनि गुणस्तरीय र उत्पादन चिनाउने गरि स्टलहरु लगाउनुपर्ने उनले बताए ।

मेलामा ५ सय स्टल, १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैया बराबर कारोबार हुने लक्ष्य रहेको संघका महासचिव दया भण्डारीले बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष टंकप्रसाद पोखरेल, मोतिलाल पाण्डे, निवर्तमान अध्यक्ष यमलाल लोहनी, सचिव तथा प्रचार संयोजक फर्सुराम पोखरेलले नया प्रविधि र उपकरण चिनाउनेमात्र नभई अन्तरक्रिया कार्यक्रमहरु समेत गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?