© २०२३
बुटवल,२० मंसिर । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा लुम्बिनी प्रदेश आइपुगेको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा टोली सुदूरपश्चिम र कर्णालीको यात्रा सकेर मंगलबार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो सुर्खेतबाट १९२ किलोमिटर यात्रा पार गरेर टोली पूर्वी रुकुम आइपुगेको हो।
गौतमका अनुसार अध्यक्ष ओलीले आज बिहान ९ बजे स्थानीय नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। आजै गण्डकी प्रदेशको बागलुङस्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ। अध्यक्ष ओलीले आज लुकुम र खर्बाङमा स्थानीयबासिन्दासँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।
नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवात बैतडीको झुलाघाटबाट पूर्वसीमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ। यात्रामा पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।