Butwal Today

हामीले सरकार छाडेको अढाइ बर्ष मै देश नराम्ररी ओरालो लाग्यो– ओली

१९ मंसिर २०८०, मंगलवार
अ+
अ-

सल्यान, १९ मंसिर । मध्यपहाडी लोकमार्गमा संकल्प यात्रा अन्तर्गत सल्यान सल्लिबजारमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सरकार छाडेको केही समयमै देश ओरालो लागेको बताएका छन् । देशी बिदेशी शक्तिहरुले षड्यन्त्र गरेर सरकारबाट जटाएको बताउदै उनले भने, —‘हामीले सरकार छाडेको अढाइ बर्षमै राजनीतिक रुपमा, आर्थिक रुपमा, सामाजिक सांस्कृतिक रुपमा देश ओरालो मात्र होइन धेरै नराम्रो गरि ओरालो लाग्यो ।’ अहिले राजनीति अस्थिर र अराजक बनेको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले देशमा सुशासन नभएको, विकास ठप्प भएको तथा आफुहरुले अघि बढाएका आयोजनाहरु पनि प्राय ठप्प भएको बताए ।

एमालेले सरकारको नेतृत्व गरेको समयमा विभिन्न क्षेत्रमा काम गरेको भन्दै उनले भने, ‘हामीले सेवा नपुर्याएको कुनै घर छैन । त्यो कुराबाट अगाडी बढ्न होइन पछाडी हट्न अहिलेको सरकार लागेको छ ।’ उनले अहिलेको स्थितिलाइ परिवर्तन गर्नका लागी, कुन ठाउँको अवस्था कस्तो छ, जनताको अवस्था कस्तो छ, समस्या कहाँ कहाँ के के छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्न, नागरिकका मागपत्र लिनका लागि आफुहरु अभियान लिएर आएको बताए ।

कार्यक्रममा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले सल्यानको चिनारी सहित जिल्लाको विकासमा अग्रसरता दिने गरि पार्टी अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रममा संस्कृति पहिचान दिने बनगारी टप्पा नाच प्रस्तुत गरिएको एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?