Butwal Today

देशभरको मौसम बदली, उच्च भू-भागमा हिमपातको सम्भावना

१६ मंसिर २०८०, शनिबार
अ+
अ-

काठमाडौँ ।

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी शनिबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने चिसोको असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।