Butwal Today

नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, कहिले आउला आदेश ?

१४ मंसिर २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नक्कली शरणार्थी प्रकरणका प्रतिवादीको निवेदनमा शुक्रबारसम्म बहस चल्ने भएको छ। उच्च अदालत पाटनमा प्रतिवादीको तर्फबाट जवाफी बहस अन्तिम चरणमा पुगेको र शुक्रबार सकिने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए।

जवाफी बहस सकिएको छैन। भोलि संभवत बहस सकिएर आदेश आउन सक्छ, कट्टेलले भने। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणका प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गर्दै उच्च अदालतमा २० जना प्रतिवादीले फरक फरक मितिमा निवेदन दिएका थिए।

यस्तै उनीहरुलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालयले पनि छुट्टा छुट्टै दुई वटा निवेदन दर्ता गराएको थियो। यी निवेदनमाथि गत मंगलबारबाट नियमित सुनुवाई भइरहेको छ। १० दिनसम्म सुनुवाई चल्दा पनि सकिएको छैन।