© २०२३
काठमाडौं, १४ मंसिर । दूरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियाटा समूह बाहिरिने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिले निर्णय गर्दै एनसेलबाट बाहिरिने निर्णय गरेको हो ।
समूहले नेपालमा व्यापारिक समस्या र चुनौती बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको हो । एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय गरेको छ ।
एनसेलमा मलेसियाको आजियाटा ग्रूप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो । त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ वर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो । एनसेलको सेयर ७ वर्ष अगाडि आजियाटाले किनेको थियो । आजियाटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।