ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

दुई समूहको प्रदर्शनले तात्यो काठमाडौं, तीनकुने शान्त हुँदा बल्खु भने तनावग्रस्त

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

काठमाडौं ७ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संंगठनहरु युवा संघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाई नेतृत्वले बिहीबार काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रम सम्पन्न गरेका छन् ।

काठमाडौको तिनकुनेमा युवा संघ, अनेरास्ववियुले तथा बल्खुमा प्रसाई समूहले कार्यक्रम गरेका हुन् । युवा–विद्यार्थी विशेष कार्यक्रम नाम दिईएको युवा संघ र अनेरास्ववियुले आयोजना गरेको सरकार विरुद्धको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । त्यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नेतृत्व गर्दै बल्खुमा भएको कार्यक्रम तनावग्रस्त भएको थियो ।

कार्यक्रमको सुरुवातमा कलंकीबाट तिनकुने जाँदै गरेका युवा संघको मोटरसाईकल र्यालीमाथि प्रसाई समूहले ढुंगा हानेपछि भएको झडपका कारण केहीबेर स्थिति तनावग्रस्त भएको हो । केहीबेर कार्यक्रम स्थल शान्त भएपनि आन्दोलनकारीले पटक पटक सरकारले निषेध गरेको क्षेत्रको घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरासंगै अश्रु ग्याँस पनि प्रहार गरेको थियो । केहीबेर ढुंगा हानाहान हुनुका साथै प्रहरीले आन्दोलनकारीलाई र आन्दोलनकारीले प्रहरीलाई लखेटा लखेट गरेको दृश्य देखिन्थ्यो ।

आन्दोलनकारी र प्रहरीको झडपमा केही आन्दोलनकारी घाईते भएको प्रसाई समूहले बताएको छ । काठमाडांैका विभिन्न स्थानबाट नेपालको झण्डा बोकेर आएका आन्दोलनकारीले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दुराज्य कायम गर साथै गणतन्त्र मुर्दावाद जस्ता नारा लगाएका थिए ।

प्रसाईको आन्दोलनमा सहभागी मकवानपुरका मनोज थापाले भ्रष्टाचारी राजनीतिक दलका नेताका कारण जनता आजित भएकाले राजाको विकल्प नभएको बताए । उनले भ्रष्टाचार अन्त्य गर्न, विकृति, विसंगती निर्मुल पार्न, हिन्दु राज्य कायम गर्न देशमा संवैधानिक राजाको आवश्यक देखिएकाले प्रसाई नेतृत्वको अभियानलाई साथ दिएको बताए । त्यस्तै कार्यक्रम स्थलमा भेटिएका गोदावरीका सुमन श्रेष्ठले पनि अभियान शुरु भैसकेको बताउँदै डडेलो लाग्न शुरु भैसकेको छ । फैलिन बेर लाग्दैन, त्यसैले यो आन्दोलनलाई सानो नठान्न चेतावनी समेत दिए ।

उता, तिनकुनेमा युवा विद्यार्थीले महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, सामाजिक र धार्मिक सहिष्णुता र सद्भाव भड्काउने आपराधिक गतिविधि विरुद्ध भन्दै यवा संघले शान्तिपूर्ण रुपमा सरकारको विरोध गर्दै कार्यक्रम गरेको हो । कोणसभा गर्नुअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट युवा–विद्यार्थीको विशाल र्याली समेत निकालिएको थियो । उनीहरुले पार्टीको झण्डा, युवा संघ र अनेरास्ववियुको झण्डा र राष्ट्रिय झण्डासहित सरकारका बेथिती विरुद्ध नारा लगाएका थिए ।

युवा संघले अयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता महेश बस्नेतले महँगी, भ्रष्टाचार र अनिमियतता विरुद्ध कार्यक्रम भएको बताए । उनले प्रचण्ड सरकारको आयु छोटो भएको भन्दै सरकार विरुद्धको कार्यक्रम निशेधाज्ञासम्म नपुगोस् भनेर आग्रह गरे । नेता बस्नेतले दुर्गा प्रसाई जस्ता मान्छे ज्ञानेन्द्र शाहको साथ पाएर एमालेको विरोध गरेर रमाई रहेको आरोप समेत लगाए ।

कार्यक्रममा सहभागी युवा संघका विजय अधिकारीले युवा र विद्यार्थीको कार्यक्रम सरकार विरुद्ध भएको प्रष्ट पारे । उनले भने, “हाम्रो कार्यक्रम जनताको पक्षमा, जनजीविकाको पक्षमा, बेथिती, भ्रष्टाचार, तस्करी र महंगीको विरुद्धमा हो । उनले युवा संघको कार्यक्रम धेरै पहिले आज दिन गर्ने तय भएको बताउँदै भने दुर्गा प्रसाईले कार्यक्रम जुधाएका हुन । युवा संघको कार्यक्रम पहिले नै तय भएको थियो । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?