ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

बुटवल,७ मंसिर । सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ ।
आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।

विभागका अनुसार व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेको सूचीमा विजयबहादुर शाह छन् । उनी यही विधामा सम्मानित समेत भए । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक शाह हिमालयन डिष्टिलरिजका अध्यक्ष समेत हुन् । यसबाहेक उनको लगानीमा एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी लगायतका कम्पनी छन् ।

यस्तै, राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्यूसन, फुड एन्ड बेभरेज लगायतका कम्पनी छन् । राज्यलाई सबैभन्दा धेरै व्यक्तिगत आयकर बुझाएकाले उनलाई सरकारले सम्मान गरेको हो । उनलाई अर्थमन्त्री डा प्रकाशशरण महतले सम्मानित गरे । यस्तै, सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने कम्पनी र सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

यस्तै, संस्थागततर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । यसबाहेक, कृषितर्फ ओबीसी फिड एन्ड फिड्स सम्मानित भएको छ ।

बैङ्कतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । यस्तै,मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् ।

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्नेमा आईएमई रेमिट् , ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भयो । यस्तै, नेपाल स्टक एक्सचेन्जले मध्यम स्तरीय करदातामध्ये सबैभन्दा धेरै कर बुझाएको सम्मान पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?