ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

घरेलु तथा साना उद्योगलाई सरकारले प्रवर्धन गर्छ : उद्योगमन्त्री रिजाल

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

भैरहवा, ६ मंसिर ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले घरेलु तथा साना उद्योगलाई सरकारले प्रवद्र्धन गर्ने बताएका छन् ।

राष्ट्रिय उत्पादनको वृद्धि गरी पर्यटन प्रवद्र्धन गरौँ राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौँ भन्ने मूल नाराका साथ भैरहवामा मंसिर ६ गते देखि १८ गते सम्मका लागि सुरुवात भएको छैठौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री रिजालले औद्योगिक विकासमा टेवा पुर्याउने हेतुले मझौला, घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने नीतिको मस्यौदा तयार गरिसकेको र सरोकारवालासंग छलफल गरी नीतिलाई अन्तिम रुप दिने तयारी भएको बताएका छन् । कृषि क्षेत्रको प्रवद्र्धनका लागि सेज सञ्चालन गर्ने प्रतिबद्धता समेत उनले गरे ।

नयाँ औद्योगिक मस्यौदा तयार पार्ने कामको सुरुवात भइसकेको बताउँदै उनले आफ्नै मुलुकमा उत्पादन हुने वस्तुहरुको आयात भएको, कृषिमा आत्मनिर्भर बनाउन आवश्यक नीति बनाई कार्यान्वयन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । खुला सीमाका कारण हुने अवैध तस्करी रोकथामका लागि मन्त्रालयको तर्फबाट आबश्यक पहले लिने उनले प्रतिबद्धता ब्यक्त गरे ।

संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्री अनिता देवी शाहले भगवान गौतमबुद्धको जन्मस्थलमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलेपछि यस क्षेत्र चलायमान हुने बताइन् । नेपाल च्याम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनीबाट भारतको दिल्ली र चीनमा अन्तर्राष्ट्रिय उडान भएपछि करोडौँ पर्यटक भित्रिने र नेपालमा लाखौँले रोजगार पाउने बताए ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले पर्यटनको माध्यमबाट देशले आर्थिक समृद्धि ल्याउने बताए । सबै क्षेत्रले पर्यटकलाई सम्मान ब्यवहार गर्दै जानुपर्ने सबैको कर्तब्य भएको उनले बताए । भारतको नौतनवाका विधायक ऋषि त्रिपाठीले नेपाल–भारत छिमेकी देश भएको र साँस्कृतिक र भावनात्मक सम्बन्ध रहेको उनको तर्क थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खाँन, चेम्बर अफ कमर्शका लुम्बनी प्रदेश अध्यक्ष टंक पोखरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, ब्यापार संगठनका पूर्व अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, उद्योगी वसन्त रोक्काले राष्ट्रिय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?