Butwal Today

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस

५ मंसिर २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।

अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

यसअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अग्रसरतामा सोमबार दिनभर छलफल भए पनि सहमति जुटेको थिएन।

हालै संशोधन गरिएको न्यायपरिषद्‌ नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उनीहरू वरीयतामा अगाडि आएका हुन्।