ट्रेंडिंग:

>> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो
छैठौ लुम्बिनी प्रादेशिक महोत्सव २०८०

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि स्वागतद्वार बनाएर दवाब

५ मंसिर २०८०, मंगलवार
५ मंसिर २०८०, मंगलवार

बुटवल, ५ मंसिर ।

उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्घन नारासहित भैरहवामा हुने छैठौ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवाको अंचलपुरमा मंसिर ६ देखि १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताए । महोत्सवको आकर्षणको रुपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरुपमा निर्माण गरिएको छ । लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अरबौ रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल ब्यवसायहरु धरासायी भएको बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थलका रुपमा महोत्सव स्थल बनाएर विरोध देखाउन खोजिएको उनले बताए ।

भारतबाट कालिगढ ल्याएर करिब पाँच लाख रुपियाँ खर्च गरेर विमानस्थलको स्वरुप निर्माण गरिएको उनले बताए । यसैगरी पशुपतिनाथको मन्दिरका साथै बाल उद्यान निर्माण लगायत मनोरञ्जन दिने पर्याप्त दर्शकले पाउने उनले बताए । कृषि, उद्योगका नयाँनयाँ प्रविधिको प्रचार र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, सिमाक्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्य समेत मेलाले लिएको छ । मेला उदघाटनअघि बुधबार विहान जनचेतनामुलक ¥याली निकालिने छ । यसैगरी अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराईने उनले बताए ।

कार्यक्रममा संगठनका सल्लाहकार तथा साँस्कृतिक संयोजक नारायण भण्डारीले मेलामहोत्सवलाई ठेक्का दिने प्रवृत्ति रोक्न जरुरी रहेको बताए । सरकारबाट नै महोत्सव ब्यवस्थापनमा लाग्नुपर्ने उनले बताए । देशभरका धेरै स्थलहरुमा गरिने महोत्सवलाई ब्यवस्थित गर्न लाग्नुपर्ने उनले सुझाव दिए ।

लुम्बिनी प्रदेशकै पहिचान हुने गरी महोत्सव गर्न लागेको भएपनि प्रदेश सरकारबाट कुनै सहयोग नभएको उनले गुनासो गरे । उद्योग, कृषि र पर्यटनको विकास गर्न स्थानीय स्तरबाट गरिएको सबैखाले कामलाई सरकारबाट कुनै सहयोग नहुने गरेको भण्डारीले बताए ।

विदेशमा राखिने यस्ता महोत्सवमा सहभागीहरुलाई सरकारबाट नै भत्ताको ब्यवस्था गरिने भएपनि नेपालमा भने कुनै सहयोग नआउने गरेको उनले दुखेसो गरे । महोत्सवमा ११ बजेसम्म निःशुल्क प्रवेशको ब्यवस्था भएको र त्यसपछि भने टिकट लाग्ने व्यवस्था मिलाइएको छ । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै भारतीय चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, नेपालका उमेश पटेल लगायत कलाकारहरुको प्रस्तुति रहने छ ।

कार्यक्रममा संगठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपियाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बताइन् । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरु सहभागी हुने उनले बताइन् । कार्यक्रमको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?