© २०२३
दाङ, ४ मङ्सिर ।
आन्तरिक राजस्व कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा उद्योगी तथा व्यवसायीहरुलाई कर शिक्षा प्रदान गरिएको छ । कर सम्वन्धी जानकारी दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा पुगेर कर दाता शिक्षा प्रदान गरिने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाइले जानकारी दिए । कर शिक्षा संगै कर दाताहरु संग अन्तत्र्रिmया कार्यक्रम समेत आयोजना गरिने उनले बताए ।
छलफल तथा अन्तत्र्रिmया कार्यक्रमले कार्यालय र करदाताहरुविच बढेको दुरी कम गर्न समेत सहयोग पुग्ने प्रमुख कर अधिकृत चौलागाइले बताए । जिल्लामा करदाता शिक्षा कार्यक्रम उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रमको आयोजना गरिने उनले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले व्यवसायीहरुलाई व्यवसाय गर्दा आउन सक्ने समस्या समाधानका लागि कर शिक्षा कार्यक्रमको आयोजना गरिएको बताए । ‘व्यवसायीहरुलाई शिक्षा प्रदान गर्नका लागि आन्तरीक राजस्व कार्यालय संगको समन्वयमा कर शिक्षा कार्यक्रम आयोजना गरेका हौ’ अध्यक्ष जोशीले भने । यसले व्यवसायीहरुलाई सहयोग पुग्ने अपेक्षा आफुहरुको रहेको उनले बताए । आफुले सिकेको ज्ञान अरुलाइ पनि दिन उनले आग्रह गरे । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खिमलाल पुनले कर दर्ता, खारेजी, स्थगन, दर्ता खारेजी स्थगन सम्वन्धी कानुनी व्यवस्था बारेमा जानकारी दिएका थिए ।