ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

लुम्बिनीमा १९ सय बढी सिकलसेलका बिरामी

३ मंसिर २०८०, आईतवार
३ मंसिर २०८०, आईतवार

लमही , ३ मंसिर ।

दाङको राप्ती गाउँपालिका–६ निवासी राजकुमारी चौधरीलाई सानै उमेरदेखि खुट्टा दुख्ने समस्या थियो तर उनलाई सिकलसेल एनिमिया रोग भन्ने थाहा थिएन । उपचारका लागि विभिन्न अस्पताल पुग्दा पनि ठिक भएन । उपचारका क्रममा धेरैपछि उनले आफुलाई सिकलसेल एनिमिया रोग भएको थाहा पाए । त्यस बेलासम्म राजकुमारीको उपचार गराउँदा गराउँदै लाख बढी खर्च भइसकेको थियो । त्यस्तै गढवा गाउँपालिका–२ निवासी माया चौधरी पनि सिकलसेल रोग पीडित हुन् । उनलाई सिकलसेल भएको दुई वर्ष बढी भयो । सुरुमा थाहा नभए पनि पछि जाँच गराउँदा सिकलसेल रोग भएको थाहा पाएपछि नियमित औषधि खाइरहेको बताउँछिन् । उपचारका क्रममा धेरै पैसा खर्च भएको बताउँदै उनले भनिन्, ‘पटक–पटक बिरामी भएपछि नियमित औषधी खाइरहनु पर्छ, पैसा धेरै खर्च हुन्छ ।’

सुरुमै रोग थाहा पाइयो भने खर्च धेरै हुँदैन तर रोग थाहा नहुँदा धेरै खर्च हुने गरेको उनी बताउँछिन् । राजकुमारी र माया जस्तै सिकलसेलका धेरै बिरामी छन् । उनीहरूमध्ये कतिपय सिकलसेलका बिरामी रहेका छन् भने कतिपय लक्षण देखिएका तर रोग पुष्टि नभएका बिरामी पनि छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका ६ जिल्लामा एक हजार ९ सय २८ जना बिरामी रहेका छन् । उनीहरूमध्ये सिकलसेलका बिरामी ४६ जना, सिकलसेल बाहेक एक हजार तीन सय २१ जना र बिटा थालासेमियाका पाँच सय ६१ जना बिरामी रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिएका छन् । सिकलसेलका १९ सय बिरामीमध्ये कतिपय पूर्ण र कतिपय लक्षण देखिएका र रोग पुष्टि नभएका बिरामी पनि रहेको डा. गिरीले बताए । प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा ६ सय ४८ जना, बर्दियामा ४ सय ५२ जना, दाङमा ३ सय ९२ जना, रूपन्देहीमा एक सय ९७ जना, नवलपरासीमा एक सय २१ जना र कपिलवस्तुमा एक सय १८ जना बिरामी रहेका छन् ।

थारु समुदायमा बढी देखिने सिकलसेल एनिमिया रोग पहिचानका लागि ‘स्क्रिनिङ’ गर्न सके अझै बढ्ने उनी बताउँछन् । निर्देशक डा. गिरीले भने, ‘पछिल्लो समय खास गरी थारु समुदायमा सिकलसेल एनिमिया रोग बढ्ने क्रममा रहेको छ । यसलाई कसरी नियन्त्रण गर्ने र अरुमा सर्न नदिने भन्ने मुख्य चुनौती छ ।’ बिरामी औषधि पाइरहे पनि रोग निको नहुँदा ठुलो मात्रामा आर्थिक खर्च हुने गरेको बिरामी बताउँछन् । सिकलसेल रोग नियन्त्रणका लागि थारू समुदायका युवायुवतीमा सिकलसेल जाँच गरेर मात्रै विवाह गर्नु पर्ने भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा सचेतना कार्यक्रम अघि बढाएको छ । चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?