© २०२३
बुटवल, ३० कात्तिक ।
लोप हुन लागेका सोरठीका भाका र नाचहरुलाई जोगाउने उद्देश्यका साथ चर्चित हाँस्यकलाकार उज्ज्वल गिरी दानबिरको अभिनयमा मौलिक सोरठी गित “मर्न नपरोस्” सार्वजनिक गरिएको छ ।
ठेट गित गायर लोकप्रिय बनेका गायक बिर बहादुर बिश्वकर्मा र कमल बरालले गितमा स्वर दिएका छन । नेपालका लोपोन्मुख मौलिक लोक भाकाहरु र संस्कृतिको संरक्षणका लागी क्रियाशील बामीले तिहारको अवसरमा सोरठी देउँसी भैलो म्युजिक भिडियो सार्वजनिक गरेको हो । मैदान संस्कृती संरक्षण परिवार गुल्मीको संकलनमा आफुले संगीत संयोजन गरी गित तयार गरेको गायक कमल बरालले बताए ।
परदेशी जिवन भोगिरहेकाहरुको मन छुने यो गितले आफ्ना आमा बाबालाई छोडेर अर्काको देशमा जानुको पीडा र बिरानाको देशैमा मर्न नपरोस भन्ने जस्ता कुरालई दर्शाएको छ । लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हाँस्य कलाकार उज्ज्वल गिरी दानबिरको सुन्दर अभिनय रहेको छ भने सोरठी नृत्यले हेर्ने सबै दर्शकको ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ । यो सोरठी गित बिबि अनुरागी युटुब च्यानलबाट सार्वजनिक भएको छ ।