© २०२३
काठमाण्डौ ।
भाइटीकाको दिन आज देशका धेरै ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित तराई/मधेश र पहाडी धेरैजसो क्षेत्रमा आज मौसम पूर्ण रुपमा सफा नै छ ।
कोशी प्रदेशका पहाडी केही क्षेत्रमा आंशिक बदली रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । आज भाइटीकालाई प्रभाव पार्ने गरी ठूलो पानी पर्ने, हिमपात हुने सम्भावना नरहेको उनको भनाइ छ ।
आज उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको आशिंक प्रभाव रहे पनि वर्षा गराउने प्रणाली तत्काल विकास हुने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् ।