ट्रेंडिंग:

>> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

सुर्खेतका किसानको फूल खेतीबाटै मनग्य आम्दानी

२८ कार्तिक २०८०, मंगलवार
२८ कार्तिक २०८०, मंगलवार

सुर्खेत, २८ कात्तिक ।

गुर्भाकोट नगरपालिका–१४ का हिराबहादुर घर्तीमगरले गतवर्षदेखि सयपत्री फूल खेती गर्न थालेका छन् । उनले अहिले ३० कठ्ठा जग्गामा फूलखेती गरेका छन् । विशेषगरी तिहारलाई लक्षित गरेर उनले सयपत्री र मखमली फूल खेती गरेका हुन् । मगरको कर्णाली ड्रागन फ्रुट फार्मले अघिल्लो वर्ष पनि फूल खेती सञ्चालन गरेको थियो । गतवर्ष पाँचकठ्ठा जग्गामा फूल खेती गरेका उनले अहिले भने यसलाई विस्तार गरी ३० कट्ठामा खेती गर्दै आएका छन् । ‘एक सिजनमा सात क्वीन्टल फूल बिक्री गर्दै आएका छौ’ उनले भने, ‘फूल खेतीबाट राम्रो आम्दानी हुँदै आएको छ ।’ यसपाली अव तिहारका समयमा फार्मबाट करिव ५० क्विन्टल फूल उत्पादन भएको उनले बताए ।

‘बजारमा पलाष्टिकका फूलहरु देखेर यहाँ पनि फूल खेतीको सम्भावना छ भनेर सुरुवात गरेको हुँ’ उनले भने, ‘पलाष्टिकका मालाको सट्टा गाउँमै उत्पादन भएका फूलको माला लगाउँदा राम्रो पनि देखिन्छ ।’

वीरेन्द्रनगर नगरपालिका–३ स्थित खुसी कृषि तथा पशुपन्छी फार्मले पनि चार कठ्ठा जग्गामा नौ सय बिरुवा सयपत्री फूल उत्पादन गरेको छ । चाडपर्व, विवाह, समारोहमा फूलको माग देखेपछि व्यावसायिक उत्पादन थालिएको फार्म सञ्चालक रमा खड्काले बताइन् ।

सुर्खेतमा फूल व्यवसायको राम्रो सम्भावना भएको उनको अनुभव छ । तिहारका लागि एक क्विन्टल सयपत्री व्यापार भएको उनले बताइन् ।

वीरेन्द्रनगर नगरपालिका–८ कि निर्मला ढकाल तिहार भित्रिएसँगै सयपत्री फूलको कारोवारमा व्यस्त छिन् । उनी अमर सहिद प्रहरी परिवारकी सदस्य हुन् । फूल खेतीले उनलाई जीविकोपार्जनमा सहयोग पुगेको छ । त्यति मात्र होइन उनलाई पीडा भुल्ने माध्यम पनि बनेको छ फूलखेती ।

ढकाल सहित १५ जनाको सहिद परिवारले २२ कठ्ठा क्षेत्रफलमा पुष्प खेती सुरु गरेका छन् । उनीहरूले वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीमा रहेको प्रदेश प्रहरीको सरकारी जग्गामा फूल खेती गरेका छन् । परिवार गुमाएको पीडा भुल्ने, जीविका चलाउन आयआर्जन गर्ने तथा तिहारमा बाहिरबाट आयात गरिने फूललाई विस्थापित गर्ने उद्देश्यले फूलखेती गरेको ढकाल बताउँछिन् ।

सुर्खेतका अमर सहिद प्रहरी परिवारले फूलखेतीबाट यस वर्षदेखि आम्दानी गर्ने प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए । फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आवश्यक सहयोग तथा सहजीकरण गरिरहेको छ । सुर्खेतका कृषकहरुले फूलखेती सुरुवात गरेसँगै यहाँका पालिकाहरुले स्थानीय स्तरमा उत्पादन हुने फूलहरु प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?