ट्रेंडिंग:

>> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा

५० वर्षपछि घरघरमा खानेपानी, स्थानीय खुशी

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

नवलपुर, २५ कात्तिक ।

जन्मेदखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी धौवादीका देउवीर डिसुुवा मगर झण्डै ५० वर्षपछि पहिलो पटक अहिले घरमै खानेपानी धारा पुुगेपछि दंग छन् । खानेपानी खान पाएकोमा मगर दंग परेका मात्रै छैनन् त्यस गाउँका बासिन्दा घरमै खानेपानी धारा पुुगेपछि पानी खान पाएकोमा खुशी छन् ।

पूर्वी नवलपरासीको बुलिङटार २ डाँडाझेरी धौवादीका सात टोलमा तत्कालीन सरकारको पाँच करोड ३६ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष कमल बकावल मगरले बताए ।

हालै निर्माण सम्पन्न भएको डाँडाझेरी खानेपानी आयोजनाबाट त्यस वडाका सात वटा टोलका छ सय २३ घर धुरीका झण्डै चार हजार बासिन्दा प्रत्यक्ष खानेपानीबाट लाभन्वित भएका बुलिङटार गाउँपालिका २ का वडाध्यक्ष बकावल मगरले बताए ।

जीवनभरि सधैं कुवाको खानेपानी खाएर बाँच्न विवश त्यहाँका स्थानीयले ५० बर्षपछि गाउँमा त्यो पनि घर घरमा धारा बनाएर खानेपानी पाउन थालेपछि डाँडाझेरी धौवादी गाउँका बासिन्दामा खुशी छाएको उपभोक्ता समितिका अध्यक्ष नरविर मश्रागी मगरले बताए ।

वर्षौदेखि कुवाको खानेपानी खान बाध्य त्यहाँका सय भन्दा बढीमा लठ्यौरोपना, गलगाँड जस्ता विभिन्न रोगहरुबाट ग्रसित हुने समस्या रहेको उनीहरुको उमेरमै मृत्यु हुने समस्या रहेको र यस्ता धेरै समस्याका कारण पनि त्यहाँका बासिन्दाको बर्षैादेखिको धाराबाट पिउने पानीको सपना पूरा भएको स्थानीय समाजसेवी लालबहादुुर गँरजा मगरले बताए ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा निर्माण भएको सो खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाले खेर गैरहेको पानीबाट तरकारी, खाद्यान्न, कागती उत्पादन गरी बिक्री समेत गर्ने गरेका गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुुनारी मगरले बताए ।

जिल्लाको पहाडी दुुई गाउँपालिकामा अझै चार हजार बासिन्दा प्रत्यक्ष खानेपानी सुुविधाबाट बन्चित छन् । “जिल्लाको काफलडाँडा, मथार, पिपलछाप, रुचाङको पाँचवटा टोल, लगायतका ठाउँहरुमा खानेपानी ब्यवस्थित बन्न सकेको छैन”–स्थानीय शिव पुरीले भने । आयोजना संघीय सरकारको पूर्ण सहयोगमा सम्पन्न भएको वडाध्यक्ष बकावल मगरले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?