ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

भूकम्पले जाजरकोटमा मात्रै ९ हजार ७ सय घर पूरै भत्किए, ६७ हजार विस्थापित

२२ कार्तिक २०८०, बुधबार
२२ कार्तिक २०८०, बुधबार

सुर्खेत ।

गत शुक्रबार गएको भूकम्पबाट जाजरकोटका मात्रै ९ हजार सात सय १४ घरहरु पूर्णरुपमा क्षति पुगेको छ। जिल्लाका सातवटा स्थानीय तहमा भूकम्पले ठूलो क्षति गरेको हो।

गत शुक्रबार (कात्तिक १७) गते राति ११ः४७ बजेको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका प्रभावित सात तहमा सबैभन्दा बढी भेरी नगरपालिकामा क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकमा २ हजार ५३० घर, नलगाड नगरपालिकामा दुई हजार १०८, छेडागाड नगरपालिकामा १ हजार ९४५ घरधुरी, बारेकोट गाउँपालिकाका एक हजार ३५, कुशे गाउँपालिकाका १ हजार ५०४, जुनिचाँदे गाउँपालिकाका ६३४ र शिवालय गाउँपालिकाका ३८ वटा घरहरू पूरै क्षति भएका छन्।

यस्तै, यी सातवटा स्थानीय तहमा ९ हजार १८६ विस्थापित घरधुरीका ६७ हजार १७४ परिवार जनसंख्या विस्तापित भएका छन्।

जाजरकोट प्रशासनका अनुसार सबै भन्दा बढी कुशे गाउँपालिमा एक हजार ५०४ विस्थापित घरधुरीका २५ हजार ८१५ जनसंख्या र सबै भन्दा कम शिवालय गाउँपालिकामा विस्थापित ३८ घरधुरीका १३० परिवार विस्थापित भएका छन्।

जुनिचाँदे गाउँपालिमा विस्तापित ६३४ घरधुरीका ३ हजार ४४९ परिवार, बारेकोट गाउँपालिका विस्थापित एह जार ३५ घरधुरीका पाँच हजार ६३२, भेरी नगरपालिका विस्थापित ३ हजार ५३४ घरधुरीमध्ये १४ हजार ९९७ जनसंख्या, नलगाड नगरपालिकामा विस्थापित दुई हजार १०८ घरधुरीमा १५ हजार ३२१ र छेडागाड नगरपालिकामा विस्थापित भएका ३३३ घरधुरीका एक हजार ८१० जना परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

३४ हजार ५ घरधुरीका एक लाख ७९ हजार आठसय बढी जनसंख्या प्रभावित
यस्तै, भूकम्पबाट जाजरकोटमा ३४ हजार पाच सय १ प्रभावित घरधुरीका एक लाख ७९ हजार बढी जनसंख्या प्रभावित भएका छन्।

जसमा शिवालय गाउँपालिकाका प्रभावित २ हजार ८०६ घरधुरीका १५ हजार २६९, कुशे गाउँपालिका ४ हजार ६०२ घरधुरीका २५ हजार ८१५, जुनिचाँदे गाउँपालिकाका ३ हजार ९४८ घरधुरीका २१ हजार ७३३, बारेकोट गाउँपालिका ३ हजार ३२१ घरधुरीका १८ हजार ८३ जनसंख्या प्रभावित भएका छन्।

भेरी नगरपालिकाका ६ हजार ७६८ घरधुरीका ३८ हजार २०१, नलगाड नगरपालिकाका ६ हजार ५३३ घरधुरीका २५ हजार ४९७ र छेडागाड नगरपालिकाका ६ हजार ४९० घरधुरीका ३५ हजार २९५ जनसंख्या प्रभावित भएको जाजरकोट प्रशासनले जनाएको छ।

२४ हजार बढी घरमा आशिंक क्षति 
यस्तै, भूकम्पका कारण जाजरकोट जिल्लाभरी २४ हजार ७०७ घरहरुमा आशिंक क्षति पुगेको छ।

जसमा शिवालय गाउँपालिकामा २ हजार ७६८, कुशे गाउँपालिकामा तीन हजार ९८, जुनिचाँदे गाउँपालिकामा तीन हजार ३४४, बारेकोट गाउँपालिमा दुई हजार २८६ घरधुरीमा आशिंक क्षति पुगेको प्रशासनले जनाएको छ।

भेरी नगरपालिकामा चार हजार २३८, नलगाड नगरपालिकामा चार हजार ४२८ र छेडागाड नगरपालिकामा चार हजार ५४५ घरहरुमा आशिंक क्षति पुगेको छ।

५१ बालबालिबाको मृत्यु, ६३ वटा वडा प्रभावित
यस्तै, भूकम्पबाट जाजरकोटमा ज्यान गुमाएका १०१ जना मध्ये ५१ जना बालबालिकाले ज्यान गुमाएका छन्। जिल्ला पशासनका अनुसार २९ बालक र २२ जना बालिका रहेका छन्।

भेरी नगरपालिकाका १३ महिला, ४ पुरुष, ११ बालक र ८ बालिका गरि ३६ जनाको मृत्यु भएको छ।

यस्तै, नलगाड नगरपालिकामा १६ महिला, १० पुरुष, १५ बालक र ११ बालिका गरि जम्मा ५२ जना, छेडागाड नगरपालिकामा १ महिला, १ बालिका गरि दुई जना, कुशे गाउँपालिकाका २ महिला, १ पुरुष, २ बालक र २ बालिका गरि जम्मा ७ जना र बारेकोट गाउँपालिकामा ३ महिला र १ बालक गरि तीन जनाले ज्यान गुमाएका छन्।

यस्तै, जिल्लाभर महिला ४९ र ४५ पुरुष गरि जम्मा ९४ जना घाइतेहरुको उपचार भइरहेको छ। जिल्लाका प्रभावित सात स्थानीय तहका ६३ वडा प्रभावित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?