© २०२३
गुल्मी, २० कात्तिक ।
गुल्मीमा १५ वर्षीय वालीकाको बलात्कारपछि हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गाउँपालिका ७ घर भई हाल चन्द्रकोट गाउँपालिका – ४ बस्ने २३ वर्षीय रहिस खाँ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
खाँले हाल चन्द्रकोट गाउँपालिका ५ मा वसोवास गर्दै आएकी बागलुङको बरेङ गाउँपालिका– ३ कि वालिकालाई बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । वालीकाको शव शुक्रबार जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खोलामा मृत अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरी हिरासदमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताए । उनी आमासँग कोठा भाडामा चन्द्रकोटमा बस्दै आएकी थिइन् ।
शुक्रबार अपरान्ह खेतमा काम गर्दै रहेका खेतालालाई सुर्ती किन्नका लागि बजार निस्किएपछि वेपत्ता बनेकी थिइन् । घटनालाई लिएर केही दिनदेखि चन्द्रकोट गाउँपालिकामा दोषीलाई सार्वजनिक गरी कडाभन्दा कडा सजायको माग गर्दै मृतक किशोरीको न्यायका लागि स्थानीयहरूसँगै अधिकारकर्मीहरू आन्दोलित भइरहेका छन् ।