ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

भूकम्पको विपत्तिका बिच लुम्बिनीका मुख्यमन्त्री विदेश सयरमा !

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

बुटवल ।

विनाशकारी भूकम्पबाट लुम्बिनी प्रदेशका जिल्ला समेत प्रभावित भैरहेका बेला मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश सयरमा निस्केका छन् ।

शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा त्यसको असर लुम्बिनी प्रदेशसम्म परेको छ । भूकम्पबाट लुम्बिनी प्रदेशको रोल्पामा २ जना घाइते भएका छन् । यसैगरी प्युठानमा ३ जना घाइते हुँदा अर्घाखाँचीमा पनि एक जना घाइते भएका छन् ।

यस्तै रुकुम पूर्व, दाङ, रोल्पालगायत लुम्बिनी प्रदेशका जिल्लाका सर्वसाधारणको भौतिक संरचनामा क्षति पुग्दा मुख्यमन्त्री चौधरी भने विदेश घुमघाममा निस्केका हुन् । विपत्तिका बेला गम्भीर नभई मुख्यमन्त्री अमेरिका घुमघाममा व्यस्त रहेको भन्दै उनकै पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार दल असन्तुष्ट बनेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री चौधरी भूकम्पको विपत्तिकै बीच आइतबार अमेरिका प्रस्थान गरेपछि उनको आलोचना भएको छ । उनले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी धनबहादुर मास्कीलाई दिएपनि भूकम्पको बेला गर्नुपर्ने काम प्रभावकारी हुन नसकेको प्रदेशका सांसदहरू बताउँछन् । भूकम्पछि मुख्यम्नत्रीले आफ्नो भ्रमण स्थगित नगर्नुले राम्रो सन्देश नगएको सांसदहरुको भनाइ छ ।

‘प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेपनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन’, एक सांसदले भने, ‘अन्य प्रदेशहरूले भूकम्प पीडितलाई राहतको घोषणा गर्दा आफ्नै प्रदेशका जिल्लावासीसमेत प्रभावित भएको लुम्बिनीले भने प्रभावकारी निर्णय गर्न सकेको छैन ।’

कांग्रेसकै एक सांसदले मुख्यमन्त्री सरकारी भ्रमण भन्दा पनि पारिवारिक उद्देश्यले अमेरिका गएको दाबी गरे । उनका छोरा अमेरिकामा रहेको र सोही मौकामा केही कार्यक्रममा पनि सहभागी हुनेगरी कार्यतालिका बनाइएको बताइएको छ ।

सोहीअनुसार उनी अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुने बताइएको छ ।

उनको अमेरिका भ्रमणको विषयमा प्रश्न उठिरहेको त छ नै सत्ता साझेदार दलले मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर यसअघिदेखि नै असन्तुष्टि पोख्दै आएका छन् ।

लुम्बिनीमा चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री भएका थिए । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा नियुक्त भएका उनले अझैसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।

अहिले मन्त्रालय विभाजन गरेर माओवादी र नेपाली कांग्रेसका मन्त्रीहरू थप्ने विषयमा प्रयास भएपनि विभिन्न बहानामा ७ महिनासम्म यसले मुर्तरुप पाउन सकेको छैन । माओवादी केन्द्र लुम्बिनीका एक नेताले मुख्यमन्त्रीका कारण अहिलेसम्म सरकारले पूर्णता पाउन नसकेको दाबी गरे । मुख्यमन्त्री प्रदेशमा कतिसम्म गैरजिम्मेवार छन् भन्ने विषय भूकम्पका बेला विदेश भ्रमणमा गएको घटनाले पनि पुष्टि हुने उनको दाबी छ ।

यता लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजयन तिमल्सेनाले मुख्यमन्त्री अमेरिका गएपनि त्यहाँको कार्यक्रमबारे आफूलाई विस्तृतमा थाहा नभएको दाबी गरे । तर, भूकम्पको बेला मुख्यमन्त्री अमेरिका नगएको भए राम्रो सन्देश जान्थ्यो भन्ने विषयमा सहमत रहेको उनले धारणा राखे ।

यस विषयमा मुख्यमन्त्रीको सचिवालयले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी अमेरिका गएको तर्क गरेको छ । मुख्यमन्त्रीको अनुपस्थितिमा पनि प्रदेशका तर्फबाट उद्धार र राहतका सन्दर्भमा आवश्यक कार्य भइरहेको सचिवालयको भनाइ छ ।

सचिवालयका अनुसार प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णय भइसकेको छ । यस्तै प्रदेशले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउनुका साथै प्रभावित क्षेत्रका लागि डेढ करोड निकासा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय पनि भएको छ । चौधरी कात्तिक २६ गते स्वदेश फर्कने बताइएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । सो भूकम्पबाट दुई जिल्लामा १५३ जनाको मृत्यु हुँदा लुम्बिनी प्रदेशमा पनि भौतिक क्षति भएको हो । विपद्को यो घडीमा छिमेकी प्रदेशसमेत भएकाले लुम्बिनीको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?