ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने
जाजरकोट भूकम्पः

बिपतमा जुट्दै तीन तहका सरकार

१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

बुटवल (बुटवलटुडे), १९ कार्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकार उद्दारको काममा लागेको बताएका छन् । जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उनले भने, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’ आइतवारदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए ।

जाजरकोट केन्द्र बिन्दु भनेर ६.४ रेकटर स्केलको भुकम्प गएपछि उद्दार, राहतमा स्थानीय देखि प्रदेश र संघीय सरकार समेत जुटेको हो । अघिल्लो पटक २०७२ सालको भुकम्पको बेला जुटेका सहयोगी हातहरू कारोना कहरमा पनि सहयोगी हातहरू जुटेका थिए । कोरोना कहरको बेला स्थानीय क्वारेन्टाइन निर्माणदेखि लिएर औषधि उपचार व्यवस्थामा समेत स्थानीय सरकारले बिशेष भूमिका निर्वाह गरेका थिए । यस्तै शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पमा पनि शनिबार देखि नै राहात, उद्दार र सहयोगमा समेत जुट्दै गएका छन् ।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ । साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्वारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निर्णय समेत गरेको छ । प्रदेश सरकारले यसअघि शनिबार बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि चिकित्सक सहितको टालि पठाएको छ । तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावितका लागि १० लाख रूपैयाँ राहत दिने रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले आर्थिक सहयोग संगै घाइतेको उपचारका लागि जनस्वास्थ्य निरीक्षक रामेश्वर ढकाल सहित ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, त्रिपाल, उद्वार सामग्री हित जाजरकोट र रुकुम पश्चिम पठाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रामकृष्ण खाँणले स्वास्थ्यकर्मीको टोलीलाई आफूले प्रयोग गर्दै आएको गाडी उद्वार कार्यका लागि पठाएको बताए । स्वास्थ्यकर्मीको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाउने क्रममा नगरप्रमुख खाँणसहितको टोलीले आवश्यक परे नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।

जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरूको उद्वारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाको भनाइ छ । अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । यस्तै भूकम्पमा परि घाईते भएका हरूको उपचारको लागि रगत अभाव हुन नदिनको लागि रूपन्देहीमा आकस्मिक रक्त दान गरिएको छ । जहाँ संकलन भएको रगत प्रभावितको उपचारमा प्रयोग गरिने छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतवरा हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । संघका सचिव पारस खड्का अनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । प्रति टिकटको मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ । क्रिकेट संघले शनिबार सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा (५० प्रतिशत) भूकम्प पीडितलाई दिने जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड शुक्रबार रातीको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरू प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व) मा रहेका ग्राहकहरूलाई रु ४० लाख ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं । यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने छ ।हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरू सुचारु रहेको जानकारी गराइन्छ । यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ । सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क भ्याइस तथा एसएमएस सेवा उपलब्ध गराइएको छ ।

बुटवलको नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । बुटवल उपमहानगरपालिका–७ मा कार्यालय रही विगत १४ वर्षदेखि सञ्चालनमा रहेको सहकारीले सरकारले घोषणा गरेको राहत कोषमा २५ हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । भुकम्पमा परि यो सामाचार तयार पार्दा सम्म १ सय ५७ जनाको मृत्यु भएको छ र २ सय २ जना घाइते भएका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?