ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

अब, गुल्जार खलंगा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

खलंगा (प्यूठान), १५ कार्तिक । कुनै बेला मानिसको भीडले पैदल यात्रीलाई समेत हिँड्न धौ–धौ पर्ने प्यूठान सदरमुकाम खलंगा अहिले विरक्त लाग्दो छ । सार्वजनिक विदा र शनिवारको दिन घरहरू हेरेर बस्नुबाहेक अरू विकल्प हुँदैन् । संघीयतापछि खलंगा सुनसान हुने क्रम झनै बढेर गयो । विशेषतः प्रशासनिक कामकाजले सदरमुकाम धाउनेहरू गाउँमै अड्किए । सदरमुकाम आउनै परेन् । स्थानीय सरकारबाटै सेवा दिन थालियो । त्यसको प्रत्यक्ष मार सबैभन्दा बढी कसैलाई परेको छ, भने त्यो प्यूठान सदरमुकाम खलंगालाई नै हो । जिल्लामा दुई नगरपालिका सहित नौ स्थानीय तह छन् । तर, जिल्ला सदरमुकाम खलंगाको प्रशासनिक केन्द्र मल्लरानी गाउँपालिकामा पर्छ ।

छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, रोल्पा लगायतका सदरमुकामहरू पनि विगतको तुलनामा संघीयतापछि सुनसान छन्, तर खलंगा जस्तो छैनन् । त्यहाँ व्यवसायिक चहलपहल हुन्छन् । किनमेल गर्न आउने जानेहरूले सुनसान बनाएको छैन् । खलंगा विशुद्ध प्रशासनिक केन्द्र मात्र हो । यहाँ व्यवसायिक चहलपहल हुँदैन् ।

तनहुँको बन्दीपुरको झल्को दिने खलंगालाई गुल्जार बनाउनका लागि यहाँका सामाजिक अगुवाहरू पछिल्लो समय कस्सिएर लागेका छन् । आन्तरिक एवं बाह्य पर्यटकहरूलाई लोभ्याउने गरी खलंगामा पूर्वाधार र पर्यटकीयस्थलहरू निर्माण गरिएको छ ।
खलंगा पार्टीचोक जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म आकाशमा झुण्डाइएका रंगीन छाताले खलंगाको अनुहारमा अलिकती भएपनि चमक ल्याएको छ । सुस्ताउँदै जान थालेको खलंगालाई यसले गुल्जार बनाउँदै लगेको छ । दिनुहँजसो सर्वसाधरणहरूले फोटो कैद गर्ने र टिकटक बनाउनका लागि यहाँ भीड लाग्ने गर्छ ।

अन्तर खलंगा आवशीय समाजको विशेष अगुवाईमा यो अभियानको थालनी भएको समाजका अध्यक्ष एवं अवकाशप्राप्त सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनले जानकारी गराए । खलंगालाई शिक्षा, स्वास्थ्य र पर्यटकीय स्थलको रूपमा विकास गर्नेगरी समाजले अभियानको थालनी गरेको पुनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पार्टीचोकदेखि भिमसेन मन्दिर हुँदै जिल्ला प्रहरी कार्यालयसम्म फूलका गमला, ध्वजा, पटका र रंगीन छाताले सजनाउने र टिकटक बनाउने स्थलको रूपमा यसलाई विकास गर्ने समाजको लक्ष्य छ । ‘खलंगाको चहलपहल बढाउनका लागि स्थानीयबासीको सक्रियताबीना संभव हुँदैन्’,पुनले भने,‘हामीले नगरे कसले गर्ने ?’

खलंगा जन्मघर भएका तर काम विशेषले विभिन्न ठाउँमा रहेका नागरिकहरूसँग सहयोग संकलन गरेर रंगीन छातायूक्त खलंगा बनाउने अभियानको थालनी गरिएको समाजका सदस्य एवं गुल्जार खलंगा बनाउने अभियानका अभियानकर्ता इमानसिँह भारतीले जानकारी दिए । ‘खलंगालाई व्यवासायिक चहलपहलको रूपमा विकास गर्ने कुरा अब कल्पना बाहिरको विषय भइसक्यो’,भारतीले भने, ‘पर्यटन विकासले नै यहाँको साख जोगाउन सकिन्छ ।’

खलंगामा नेवार समुदायको बाहुल्यता छ । पुराना र मौलिक घरहरू छन् । समयानुकुल मौसमले यहाँ पुग्ने पर्यटकहरूलाई लोभ्याउँछ । खलंगालाई जोडेर बजारदेखि शिरमा रहेको मल्लरानी डाँडामा अहिले पर्याप्त पर्यटनका पूर्वाधार निर्माण गरिएको छ । मल्लरानीमा घुम्न जाने पर्यटकहरूको आजभोली टुट्दैनन् । त्यहाँ पुग्ने सडक कालोपत्रे भएको छ । विगतमा सडक असहजताले जान नसक्नेहरू अचेल पक्की सडक भएपछि पर्यटकहरू दिनुहँ ओइरेका हुन् ।

खलंगा बजार र मल्लरानीसँगै झाक्रिस्थान मन्दिरलाई जोडेर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । मल्लरानी र झाक्रिस्थान घुम्न जाने पर्यटकहरूलाई खलंगा बजारमा ओर्लिएर दुई÷चार दिन बस्ने व्यवस्था गर्न सके खलंगाको चहलपहललाई अझ बढाउन सकिन्छ । त्यसका लागि स्थानीयको सक्रियता जरुरी देखिन्छ ।

केही समय अघि ‘अम्रेला स्टिट्र’ उद्घाटन कार्यक्रमको उद्घाटन गर्न पुगेका प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाले खलंगा पुग्दा आफूलाई बन्दिपुर गएजस्तै महशुस हुने गरेको सुनाए । त्यहाँ रंगीन छाता ५०० बढि राखीएका छन् । ‘एक समय बन्दीपुर निकै गुल्जार शहर थियो’,थापाले भने,‘तर, अहिले बन्दीपुर पहिलेको जस्तो छैन् । त्यहाँका टाठाबाठा मानिसहरू बसाइँसरेर बाहिर गए ।
अहिले बन्दिपुर होमस्टे सहित पर्यटनको एउटा प्रमुख गन्तव्य बनिरहेको छ । हामी खलंगालाई पनि त्यसै गरी विकास गर्न सक्छौ ।’ खलंगाको स्वरूप बदल्ने गरी लाग्नुभएका अभियानकर्तासँग आफ्नो पनि साथ रहेको उनले प्रतिवद्धता सुनाए । ऐतिहासिक, साँस्कृतिक र प्रशासनिक केन्द्रको रूपमा रहेको यस ठाउँमा आउने पर्यटकहरूलाई कम्तीमा पनि दुई/चार दिन भुलाउने गरी संरचना तयार पार्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?