© २०२३
भैरहवा, १४ कात्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसलाई लुम्बिनीमा स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डञले लुम्बिनी आइपुगेका छन् ।
प्रधानमन्त्री दाहाललाई लुम्बिनी विकास कोसका उपाध्यक्ष ल्याह्र्काल लामाले स्वागत गरेका हुन् । महासचिव गुटेरेसलाइ लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरांती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतकाले लुम्बिनीमा स्वागत गर्ने कार्यक्रम रहेको लुम्बिनी बिकास कोसले जनाएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन ।