Butwal Today

गाजामा बन्धक बनाइएकालाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आह्वान

१३ कार्तिक २०८०, सोमबार
अ+
अ-

काठमाण्डौ, १३ कात्तिक ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापी न्यायोचित मान्न सकिँदैन” भनेर लेखेका छन् ।

नेपालका विपीन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीका परिवारप्रति शोक व्यक्त गर्दै गुटेरेसले बेपत्ता रहेका जोशीको सुरक्षित उद्धारको अपेक्षा पनि गरेका छन् ।