Butwal Today

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्

४ कार्तिक २०८०, शनिबार
अ+
अ-

काठमाण्डाै,   ४ कात्तिक  ।

यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताए।

जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ ।  बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।