© २०२३
बुटवल, ४ कार्तिक । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ का नारायण अर्याल आफ्नो जन्मघर दशैंमा जानको लागि बुटवल बसपार्क गए । अघिल्लो दिन नै टिकट लिन गएका उनले टिकट लिदै गर्दा एक जना साथीको फोन आयो । ‘गाउँसम्म जाने गरी स्कारपियो रिर्जभ भा छ, जाने भा यतै आउ’ उनले सन्धिखर्कसम्मको बसको टिकट काट्न छाडेर साथीसंगको स्कारपियोमा यात्रा बदले । शुक्रबार उनीहरू विहानै रिजर्भ गरिएको गाडीमा दशैं यात्रा गाउँतर्फ बढाए ।
गुल्मी जानको लागि बसपार्कमा पुगेकी रिता आचार्य पनि काठमाण्डौबाट आफन्तीले रिर्जभ गरेर ल्याएको बलेरोमा जन्मघर गईन । यी केही उदहारण मात्रै हुन । सार्वजनिक यातायातामा पनि दशैं तिहार लगायतका चार्डपर्व मनाउनको लागि जाने जो कोहीले पनि सहज रूपमा टिकट पाएका छन् । सहज रूपमा बसको टिकट नपाए, हाईस, त्यो पनि नभएमा ट्याक्सी समेत तयार छन् ।
केही बर्ष पहिला यो क्षेत्रबाट पहाडी जिल्लाहरूमाा जाने खासगरी गुल्मी, अर्घाखँची, पाल्पा लगायत प्यूठान लगायतका जिल्लामा जाने यात्रुहरूको लागि पश्चम नेपाल बस व्यवसायी समिति(हालप्रालि) को मात्रै थियो । तर अहिले भने यसको बिकल्पमा गाउँ गाउँमा व्यवसायी संघ संस्था थपिएका छन् । जिल्ला जिल्लामा यातायात प्रालिहरू रहेका छन् । जसकारण पनि मानिसहरूले पछिल्लो समयमा सहज रूपमा यात्रा गर्न सफल भएका हुन । बसको विकल्पमा हायस तथा जीप र जीपको विकल्पमा अहिले ट्याक्सी समेत गाउँ गाउँमा सहज रूपमा यात्रा गरिरहेका हुन । सार्वजनिक यातायातको भन्दा बढी पैसा तिर्न सक्नेले रूपमा यात्रा गरिरहेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधीराम खरेलका अनुसार काठमाण्डौबाट यो क्षेत्र र पहाडी जिल्लाको लागि अहिले १०० वटा बस थप गरिएको छ । काठमाडौंबाट गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाको लागि मात्रै ७२ वटा बस थप गरिएको हो । यसको अलवा काठमाण्डौदेखि बुटवल, भैरहवाको लागि त यात्रुको चाँप अनुसार बस थप गर्दै यात्रु ओर्सादै गरिएको जानकारी दिए । उनले भने–‘अहिले बस गाडीको समस्या छैन ,हामी जती पनि थप्न तयार छौ ।’ सोही अनुसार थपीएर आएका छन् ।
शुक्रबारको दिन काठमाडौंबाट यो क्षेत्रमा आउने पश्चिम नेपाल प्रालि संगको आवद्ध बसहरूको संख्या सयौंको संख्यामा रहेको उनले जानकारी दिए । काठमाणडौ यात्रु लिन जाने बस पहाडी जिल्लाबाट जानेको लागि तेल भाडाको रूपमा १०,००० हजार उपलब्ध गराउने गरिएको छ ।
खासगरी सदरमुकाम सम्म बस मार्फत जाने जो कोही यात्रुहरूको लागि अहिले गाउँ गाउँमा सहज रूपमा बाटोको सुविधा विस्तार भएको कारण ट्याक्सी र जीपको समेत सुविधा पाएका छन् । अर्घाखाँची जिल्ला देशमै सबैभन्दा पहिला सबै गाविसमा मोटरबाटो पुग्ने जिल्ला हो । यसका अधिकांस पालिका, गाउँमा अहिले ट्याक्सी सेवा विस्तार भएको छ । जिल्ला प्रसासन कार्यालयले ट्याक्सीको भाडादर नै निर्धारण गरेर तोकेको छ जिल्लामा अहिले सयको हाराहारीमा ट्याक्सी रहेका छन् ।
गुल्मीमा जिल्लामा नि गुल्मी यातायात प्रालि, रेसुंगा यातायात प्रालि, मालिका यातायात प्रालि लगायतका आवद्ध भएका ट्याक्सी, जीप सञ्चालनमा रहेका छन् । अर्घाखाँचीमा सुपा देउराली यातायातात प्रालि, देउराली यातातात, लंका यातायता लगायतका प्रालि थप भएर सञ्चालनमा रहेका छन् ।
यस्तै पाल्पामा पाल्पा यातायात प्रालि, श्रीनगर यातायात लगायतका यातायात प्रालि सञ्चालित छन् । कपिलवस्तुमा रहेको बुद्धभुमी यातायता प्रालि, बाणगंगा यातायता प्रालि लगायतका कपिलवस्तु यातायताले समेत अर्घाखाँची, दाङ प्यूठान जिल्लामा समेत सेवा प्रदान गर्दै आएका छन् ।जसको कारण यात्रुहरूको दशैं यात्रा समेत सहज हुने गरेको पाइएको हो ।