© २०२३
सुर्खेत, २८ असोज ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५० बोरा अबैध चिनी बरामद गरेको छ । वीरेन्द्रनगर स्थित प्रहरी चौकी सुब्बाकुना चेक पोष्ट अगाडि ड्युटीमा खटिएको प्रहरी टोलीले उक्त चिनी बरामद गरेको हो ।
नेपालगंजबाट दैलेखतर्फ जाँदै गरेको भे.१ ख.३१४४ नम्वरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा लुकाई छिपाई राखेको बिल नभएको अबैध चिनीको बोरा फेला परेको प्रहरीले जनाएको छ ।
५० केजीको २६ बोरा र २५ केजीको २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए । उक्त बरामद गरेको चिनीको मूल्य डेढ लाखचन्दा बढीको रहेको शाहीले बताए । बरामद गरिएको चिनी प्रहरी कार्यालयमा ल्याइएको र यसलार्ई भन्सार कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।