ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

होटलकै कर्मचारीको नाममा देह व्यापार !

२८ आश्विन २०८०, आईतवार
२८ आश्विन २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २८ असोज । पछिल्लो समय कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटा बजारमा यौनजन्य क्रियाकलाप मौलाएको छ । जिल्लाकै व्यापारिक केन्द्रको मुटु मानिने चन्द्रौटा, शिवपुर, हल्लानगर, खरेन्द्रपुर, बन्कट्टी, कृष्णनगर र गोरुसिंगे लगायतको अधिकांश होटलहरूमा यौनजन्य क्रियाकलाप मौलाएको स्थानिय बताउँछन् ।

स्थानियका अनुसार बजारमा आर्थिक मन्दी, भारतीय पर्यटक नेपाल भित्रयाउने नाममा क्रियाकलाप मौलाएको छ । भारतको सिमाना जोडिएको चन्द्रौटा बजार हुँदै भारतीय नागरिकका लागि नेपालको विभिन्न स्थान पर्यटकीय गन्तव्यको थलो बनेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–५, अन्तर्गत पर्ने पर्यटकीय गन्तव्य तय गर्न अधिकांश भारतीय नागरिक चन्द्रौटा बजारमा बास बस्ने गरेका गर्दछन् । त्यही बजारमा होटलका कर्मचारीको नाममा खुलेआम देह व्यापार हुने गरेको छ ।

स्रोतका अनुसार खाजा खान जाँदा समेत यौनजन्य क्रियाकलापमा लागेको छ कि भन्ने अधिकांश मानिसको हेर्ने दृष्टिकोण भैसकेको छ । होटेलमा अधिकांश १८ देखि ४० बर्षउमेर समूहका नेपाली चेली हुन्छन् भने ग्राहक भारतीय रहने गरेका छन् । यदि यौनजन्य क्रियाकलाप गर्ने नै हो भने रेड एरिया छुट्टाएर व्यावसाय गरे हुन्छ होइन भने यस्ता खालका गतिविधि नियन्त्रयण गर्न आवश्यक रहेको छ । होइन भने बदनाम भयो यसको नियमन गर्ने प्रहरी, प्रशासन स्थानीय सरकारलगायत सम्बन्धित निकायसमेत मौन बसेकोप्रति सामाजिक अभियान्ताहरूको चिन्ता र चासोको विषय बनेको छ ?

चन्द्रौटा बजारले जिल्लाकै ठूलो भन्सार नाका रहेको कृष्णनगर तथा लुम्बिनी प्रदेश राजधानी क्षेत्रलाई समेत जोडेको छ । जहाँ छिमेकी जिल्ला दाङ, अर्घाखाँची, प्युठान र रोल्पालगायत अन्य जिल्लाबाट समेत नागरिकको व्यापारिक केन्द्र विन्दुमा चन्द्रौटा पर्दछ । यतिबेला गाउँ घरमा समेत चन्द्रौटा बजारकै चर्चा चल्ने गरेको छ । खासगरी शिवपुर, चन्द्रौटा बजार हुँदै खरेन्द्रपुर सम्मका होटल, लज, रेष्टुरेन्ट तथा खाजा घरमा समेत देह व्यापार हुने गरेको स्रोतको दावी छ । बजारका अधिकांश सञ्चालक होटेलमा खुलेआम महिला राखेर यौनजन्य क्रियाकलाप सञ्चालन गरेको स्थानीयको गुनासो व्यापक छ ।

यस्तै विगतमा भएको बजार अनुगमनले होटल व्यावसायी सचेत भइ अधिकांशले काम गर्न राखेको राखेको विभिन्न बहाना बनाइ परिचय पत्र बनाएर नै यौनजन्य गतिविधिमा लगाइएको पाइएको छ । होटलमा लगाइएको अधिकांश महिला जिल्ला बाहिर र केहि स्थानियको रहेको छन्  । जसबाट आएको पैसा होटल सञ्चालक र ती महिलाले आधा–आधा लिइने गरेका छन् । सोहि कारोबारमा संग्लन रहेकी एक महिला भन्छिन् ः यो धन्दा गर्नु रहर होइन बाध्यता हो, घरमा बालबच्चा छन लालनपालन गर्नै प¥यो । कतिपय महिलाको बाध्यता त कतिपय रहरले यौन धन्दा गर्ने गरेको पाइन्छ । अधिकांश महिलाको सानै उमेरमा विवाह हुँदाबीच बिछोड भएर अलपत्र परेर यो धन्दा अंगालेको पाइएको छ । यस्तै कतिपय महिलाहरू अन्यत्र काम गर्ने भनी डेरा लिएर यौनजन्य क्रियाकलापका लागि होटल व्यावसायीको सम्पर्कमा रहि ग्राहक आएको बखत मात्र होटलमा आउने गरेको जनाइएको छ । चन्द्रौटामा कतिपय होटल मसाजको नाम दिएर पनि यौनजन्य क्रियाकलाप गरिरहेको समेत यौन धन्दा चलाएको स्रोतले जनाएको छ  । यसरी मसाजको नाममा यौनजन्य क्रियाकलापमा लगाइनु एकदमै नकारात्मक रहेको भएपनि खुलेआम रूपमा तीन सय देखि ५ हजार सम्म रकम लिने गरेको र अधिकांश नेपाली महिला र भारतीय पुरुष रहेको स्रोतमा खुलेको छ ।

यसमा उल्लेखित घटना उदाहरण मात्र हुन् । यस्ता यौनजन्य गतिविधि अधिकांश होटलले लामो समयदेखि सञ्चालन गर्दै आएका छन् । यद्दपि सरकारले केही गर्न नसकेको छैन् । यता होटल व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्तीले यौनजन्य क्रियाकलापमा व्यवसायी संघ कहिल्यै प्रोत्सहन नगर्ने बताए । उनले सम्बन्धित निकायले छाता संगठन रहेको भन्दै जिम्मा लगाएर आफू पन्छिने गरेको बताउँदै जिम्मेवार बन्न आवश्यक रहेको उल्लेख गरे । अनैतिक गतिविधिमा भेटिएपनि कसैलाई कारवाही गर्ने अधिकार नभएको जिकिर गर्दै चाडपर्वमा गुणस्तस्तरीय सेवा प्रवाह गर्न आग्रह गरे ।

त्यसैगरी शिवराज नगरपालिकाका मेयर अजय थापाले होटल व्यावसायिहरूलाई सजक गराएको बताए । यदि गैरकानुनी तबरले यौनजन्य क्रियाकलापमा लगाएको पाइए कानुन बमोजिम कारवाही गर्न जनाए । यस्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले यस्ता खालका घटनाहरू नियन्त्रण गर्न शिबिरमा समेत प्रहरी खटाइएको बताए । प्रभावकारी ढंगले अनुसन्धान गरिरहेको बताउँदै प्रहरी मात्रै नभएर आमनागरिकले समेत यसमा सहयोग र अहम भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?