ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

गाउँको स्वास्थ्य केन्द्रमा ‘ल्याब सेवा’

२८ आश्विन २०८०, आईतवार
२८ आश्विन २०८०, आईतवार

सल्यान, २८ असोज । प्रयोगशालामा विभिन्न स्वास्थ्य उपकरणहरू जडान भएपछि सल्यानको लेखपोखराबाटै रगत, दिसापिसाब र खकारको नमुना परिक्षण सेवा सुचारु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराको प्रयोगशालामा ‘हेमाटोलोजी’ र ‘बायोकेमिस्ट्री सेमीअटो एनालाईजर’ मेसिन संगै ल्याबलाइ आवश्यक केमिकलहरूको व्यवस्थापन गाउँपालिकाले गरेपछि ल्याब सेवा सुचारु भएको हो । आफ्नै गाउँठाउँमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा ल्याब सेवाको पहुँच अभिवृद्धि गर्न आफूहरू लागिपरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल, श्रीनगर, दांग लगायतका ठाउँमा धाउनु पर्ने लेखपोखरा क्षेत्रका बिरामीलाई सहज भएको छ ।

कुनै पनि रोगको निदान गर्नका लागि ल्याबको रिपोर्टको अध्ययन महŒवपुर्ण भएकाले अब निकै सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर निशा आचार्यले जनाइन् । गाउँपालिकाले रगतका अवयवहरूको बिस्तृत रूपमा परीक्षण गर्ने उपकरण हेमाटोलोजी एनालाइजर (थ्री पार्ट) र विभिन्न जैविक नमुनाहरूको परिक्षण गर्न बायोकेमिस्ट्री सेमीअटो एनालाईजर मेसिन जडानसंगै आवश्यक केमिकलहरूको व्यवस्थापन गरिदिएको वरिष्ठ ल्याब असिस्टेन्ट रेग बहादुर पुन मगरले जानकारी दिए । प्रयोगशाला संगै प्राथमिक स्वास्थ्य केन्द्र र यहाँको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा निर्माणाधीन १५ शैया अस्पताल भवनको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुगमन, निरीक्षण समेत गरेका छन् । नागरिकको स्वास्थ्य प्रती आफुहरू संवेदनशील रहेको भन्दै अध्यक्ष बुढाथोकीले उच्च मनोबलका साथ भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाइ अनुरोध गरे । उनले ल्याब सेवाका लागि आवश्यक बिद्युत ब्याकपको व्यवस्थापनमा पनि पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?