© २०२३
बुटवल, २६ असोज। रोटरी इन्टरनेश्नलको मुल मर्म अनुसार सामाजिक गतिविधिमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउन टाउनले पाल्पा छहरास्थित एक विद्यालयमा पोशाक, शैक्षिक सामाग्री वितरण तथा वक्तृत्व कला प्रतियोगिता गरेको छ । पाल्पाको विकट रैनादेबि छहरा, पाल्पा—८ मा रहेको ज्ञानोदय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
क्लबको ९५५ औ नियमित बैठकसंगै विकट गाउमा गएर शैक्षिक र सचेतना कार्यक्रम गरिएको क्लबका कार्यवाहक अध्यक्ष धर्मदत्त ज्ञवालीले बताए । यसैगरि विद्यालयका अति बिपन्न ४३ जना छात्रछात्राहरुलाई पोसाक बितरण गरिएको उनले बताए । क्लबका सदस्य दिनेस अग्रवालबाट यसमा सहयोग भएको उनले बताए । यसैगरि विद्यालयमा अध्ययरत ९८ जना विद्यार्थीहरुलाई १—१ दर्जन कापी, पेन्सिल लगायतका करीब ८० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष रेम बहादुर रानाले शुभारम्भ गर्दै सेवासुविधाबाट विकट मानिएको क्षेत्रमा सामाजिक क्षेत्रमा कार्यरत अगुवाहरुबाट नमुना काम भएको बताए । रोटरीको मुल मन्त्र रहेको रोटरी चार सुत्रिय कसी ज्ञानोदय आधारभुत बिद्यालयका साथै खुर्सानी आधारभुत विद्यालयका प्रअ प्रेम बहादुर घिमिरे, राजापानी आधारभुतका प्रतिनिधि बिजय कुमार सारु, अस्थाई प्रहरी पोस्ट बेल्बासका बिष्णु रेग्मी, वडाअध्यक्ष पाल्पाका रेम बहादुर रानालाई हस्तान्तरण गरिएको क्लबका सचिव प्रकाश राज पौडेलले बताए । यसैगरि विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका साथै ‘सामाजिक सेबामा रोटरीको भुमिका’ विषयक वक्तृत्व कला प्रतियोगिता कार्यक्रम समेत गरिएको उनले बताए ।
विद्यार्थीलाई रोटरीको बारेमा जानकारी दिन र बिद्यार्थी मार्फत समाजमा रोटरीबाट गरिएका काम दिने गरि आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा ९ जनाले भाग लिएका थिए । प्रतियोगितामा शिवानी राना प्रथम हुदै नगद २ हजार पाच सय रुपैयाबाट पुरस्कृत भईन । यसैगरि करुणा राना दोस्रो हुदै १ हजार ५ सय र पुनम सिजाली तृतिय हुदै नगद एक हजार रुपैयाबाट पुरस्कृत भए । प्रतियोगितामा क्लबका पुर्वअध्यक्ष भिम राज श्रेष्ठ, नर बहादुर श्रीष, योगेन्द्र पन्थी निर्णायक रहेको कार्यक्रम संयोजक कमल नेपालले बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दान कुमारी गाहा, प्रअ मिना कुमारी रास्कोटीले विद्यालयको बारेमा जानकारी दिएकी थिईन ।
कार्यक्रममा पुर्ब अध्यक्ष टंक पराजुली, राजेन्द्र ढकाल, पितम्बर ज्ञवाली, जीवन अधिकारी, रोट्याक्ट बुटवल अफ बुटवल डाउनटाउनका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, प्रअ नारायण प्रसाद पौडेलले क्लबको वार्षिक कार्ययोजना अनुसार विद्यालय छनौट गरि कार्यक्रमलाई प्रभावकारी हुने गरि संयोजन गरिदै आएको बताए ।