© २०२३
बुटवल, २६ असोज । उजिरसिह माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको बिच शुभ विजया दशमी, दिपावली एवं छटको अवसरमा शुभकामना आदानप्रदान तथा सामाजिक कुरीति र परम्परा बिरुद्ध सचेतनामुलक नाटक प्रदर्शन गरिएको छ । विद्यालय परिसरमा शुक्रबार कार्यक्रमको पुर्व जिसिअ तथा उजिर सिह माबिका सल्लाहकार टेक बहादुर थापाले शुभकामना दिदै नेपाली चाडपर्वहरु मनाउनेमात्र नभई यो हाम्रो सास्कृतिक परम्परा जगेर्ना गर्ने संदेशको रुपमा लिनुपर्ने बताए । हाम्रो धर्म, संस्कृति अहिसा र शान्ति कायम गर्न सहयोग हुने रुपमा मनाईदै आएको ईतिहास रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । नया पुस्तामा संस्कार संस्कृति मनाउनुको कारण बुझाउने गरि रचनात्मक रुपमा अघि बढ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले विद्यार्थीहरुमा पाठ्यपुस्तकको ज्ञानसंगै आफ्नो संस्कार संस्कृतिको बारे ज्ञान दिने गरि विद्यालयमा कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले बुटवलमा शैक्षिक योगदानमा ईतिहास बोकेको विद्यालयलाई गतिदिने गरि रचनात्मक कार्यक्रमहरु अघि बढाएको बताए । यसैगरि चाडपर्वको बिदामा खानपिनसंगै स्वअध्ययनलाई समेत चासो दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालकृष्ण पंगेनी, शिक्षक अभिभावक संघका अध्यक्ष शुहा बहादुर नेपाली, विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार तथा पत्रकार महेन्द्र थापा, सहायक प्रधानाध्यापक प्रेम कुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक बसन्धुरा भुषाल, विद्यालय ब्यवस्थापन समितिका सदस्य एवं शिक्षक प्रतिनिधि तथा कक्षा ११ र १२ का संयोजक यम प्रसाद श्रेष्ठ, शिक्षिका ङनी गुरुङ, छात्रा आरजु क्षेत्रीले शुभकामना दिएका थिए ।
यसैबिच खुशि जीवन नेपाल (ह्याप्पी लाईफ नेपाल) ले सामाजिक सचेतना तथा सहयोग कार्यक्रम समेत गरेको छ। सामाजिक सचेतनामुलक नाटक प्रर्दशन गरिएको थियो। कलाकारहरुले बालबिवाह, लागुऔषध दुब्यर्सनी बिरुद्ध सचेतनामुलक नाटक प्रर्दशन गरेका थिए। संस्थाबाट सामाजिक कार्यमा अग्रसर रहेको छ । गरिब, असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री सहयोग गर्दैआएको छ ।
विद्यार्थीहरुले विभिन्न लोक सास्कृतिक गितमा नृत्य प्रदर्शन गरेका थिए । नर्सरी देखि कक्षा १२ सम्म १ हजार २ सय विद्यार्थीहरु अध्ययरत छन भने २८ जना शिक्षक, कर्मचारीहरु छन ।