Butwal Today

नेपालगञ्जको फर्निचर पसलमा भीषण आगलागी, पाँचवटा पसल नष्ट

२६ आश्विन २०८०, शुक्रबार
अ+
अ-

नेपालगञ्ज, २६ असोज ।

नेपालगञ्जको बिपी चोक नजिकै अहिले भीषण आगलागी भैरहेको छ । सुर्खेत रोड स्थित ओम फिट्नेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा बिहान करिव ४ः४५ बजेतिरबाट आगलागी भएको हो ।

एउटा पसलबाट सल्किएको आगोले अहिले सम्म पाँचवटा फर्निचर पसल जलेर नष्ट भईसकेको प्रहरीले जनाएको छ । आगलागी हुनेबित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकले निमन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागी भैरहेको टोलमा लस्करै करिब १४,१५ वटा फर्निचरकै पसल रहेकोले एकपछि अर्को पसलमा आगो सल्किदै गएको आगलागी नियन्त्रणमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।