© २०२३
बुटवल, २५ असोज। शिवनगर सामुदायिक वन क्षेत्रमा रहेको धार्मिक पर्यटकिय दुर्गा भवानी मन्दिरमा दुर्गा भवानी महाआरती तथा दशै महोत्सव हुने भएको छ । शिवनगर सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्व तथा दुर्गा भगवती मन्दिर ब्यवस्थापन समिति, भगवती टोल विकास संस्था, बुद्घ टोल विकास संस्था र दुर्गा मन्दिर टोल विकास संस्थाको आयोजनामा घटस्थापनाको दिनबाट ३ दिने कार्यक्रम हुने भएको हो ।
विहिबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि दशैको बेला मौलिकता जग्रेना गर्ने उदेश्यका साथ कार्यक्रम गर्न लागिएको संयोजक गौरव आचार्यले बताए । ‘दशैमा परम्परागत मेला लगाउ प्रचलनलाई नया पुस्तामा प्रदर्शन गर्ने रुपमा कार्यक्रम गर्न लागेका हौ ।’— उनले भने । यसमास्थानिय टोल विकास, क्लबहरुका साथै महाआरतीमा पर्यटन क्षेत्रमा अग्रसर नाटा लुम्बिनीबाट सहयोग हुने उनले बताए । भगवती टोल विकास संस्थाका सचिव समेत रहेका संयोजक गौरव आचार्यले महाआरती, रुद्री पुजा, संत्संग तथा देविभगवतीको पाठ समेत गरिने कार्यक्रममा १ लाख ७५ हजार रुपैया खर्च हुने अनुमान रहेको बताए । मेलामा निशुल्क स्टलहरु राख्ने ब्यवस्था गरिएको भन्दै यसबाट स्थानिय हस्तकला, सँस्कृति र हाम्रा मौलिक खानपान लगायतका व्यापार तथा व्यवसायमा समेत सहयोग पुग्ने आशा लिएको बताए ।
कार्यक्रममा दुर्गा भगवती मन्दिर ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष कृष्ण कुमारी थापा, भगवती टोल विकास संस्थाका भरत गिरि, बुद्घ टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापा, दुर्गा मन्दिर टोल विकास संस्थाका अध्यक्ष तेज प्रसाद पराजुलीले तराई क्षेत्रमा नया पुस्तामा हराउदै गएको संस्कार संस्कृति जर्गेनाको लक्ष्यका साथ कार्यक्रम गर्न लागेको बताए ।