ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

कानूनी सचेतनाका लागि प्रशिक्षक प्रशिक्षण

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

बुटवल (बुटवलटुडे), २० असोज– कानून विद्यार्थी समाज कालिकाले समुदायमा संचालन गरिने कानूनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको लागि प्रशिक्षकहरूलाइ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कालिका मानवज्ञान माबी बुटवलमा कानून अध्ययनरत विद्यार्थीहरूले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रहेका विद्यालय, स्थानीय सरकार र नागरिक समुहको लागि कानूनी सचेतना कार्यक्रमहरू हरेक वर्ष संचालन गर्दै आएका छन् । यस्तो प्रशिक्षण कार्यक्रमलाई समसामयिक विषयवस्तुमा केन्द्रित र प्रभावकारी बनाउनको लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेलले कानूनका विद्यार्थीहरू समाजका संवाहक भएकोले उनीहरूले समुदायमा कानूनका कुराहरू बुझाएर कानूनमैत्री समाजको निर्माणमा सहयोग पु¥याउनुपर्ने बताए । उनले कानूनका विद्यार्थीहरूले विद्यमान कानून, विधि, नजिर र अभ्यासको बारेमा बढी चासो राख्ने र विषयगत जानकारी राख्ने भएकोले पनि उनीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका प्रत्येक कुनामा कानूनी सचेतना कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरूले कक्षा कोठामा सिकेको कानूनी ज्ञानलाई समुदायमा बाँड्न सकेमा मात्र शिक्षा व्यवहारिक हुने बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयमा भैरहेका शैक्षिक अभ्यास र समुदायमा त्यसबाट पुगेको योगदानको चर्चा कानूनका विद्यार्थीहरूले गरेको सामाजिक र व्यवहारिक अभ्यासले गर्दा कानून शिक्षामा कालिका मानवज्ञान माबी नेपालमै अब्बल ठहरिएको बताए । अधिवक्ता तथा कानून शिक्षक शेराचन्द्र गिरीले कानूनी सचेतना महत्व र विद्यार्थिहरूले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरीका थिए ।

कार्यक्रममा अधिवक्ता दामोदर घिमिरेले नेपालको देवानी कानूनको बारेमा र अधिवक्ता ज्ञानु केसीले न्यायिक समितिको काम, कर्तब्य ,अधिकार र न्यायिक कार्यविधिको बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा १८० जना विद्यार्थी सहभागी थिए । प्रशिक्षण लिएका कानूनका विद्यार्थीहरूले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रहेका नागरिक समुह, विद्यार्थी र जनप्रतिनिधिहरूलाई कानूनी सचेतना सम्बन्धमा प्रशिक्षण दिने कानून विद्यार्थी समाज कालिकाका अध्यक्ष विवेक पौडेलले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?